Techie IT
मंगलबार, वैशाख ९,२०८२

भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट युवा नेता रोशन गुरुङ्गको दाबी


 

गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्षमा युवाहरु माझ लोकप्रिय युवा नेता रोशन गुरुङ्गले दाबी गर्नु भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको लागी भिमसेनथापा गाउँपालिका काँग्रेसबाट ठाकुर प्रसाद भट्ट, तारानाथ पुडासैनी, रोशन गुरुङ, कृष्ण प्रसाद बानियाँ, भरत भट्ट, बिनु वाग्ले, मुक्ति ढकाल, विदेश नराल र लिलानाथ लामिछानेको नाम सिफारिस भए पनि अध्यक्षमा रोशन गुरुङले पार्टीले टिकट दिएमा आफुले चुनाव जित्ने घोषण गर्नु भयो ।

पार्टीले दिएको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अधि बढनु भएका गुरुङ गोरखा जिल्ला छेत्र नं १ प्रदेश ख को सभापति हुँदै हाल क्षेत्र नं १ क्षेत्रीय सचिव रहनु भएका छ ।

आफ्नो योग्यता, क्षमता अनुसार मजदुरबर्ग लगायत अन्यलाई एकीकृत रुपमा एक्बद्द गर्दै नेपाली कांग्रेसको संगठनलाई मजबुत र संगठित रुपमा अधि बढाउदै ट्रड युनियनको अध्यक्षमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको बताउनु भयो छ ।

नेविसंघबाट राजनीतिक यात्रा तय गरेका गुरुङ माओबादी द्वन्द्वकालमा गोरखाको ढुङ्गाडेमा भएको भिडन्तमा घाइते भएका गुरुङ जस्तोसुकै परिस्थितिमा पनि हिम्मात नहार्ने युवा भएकाले सबैमा लोकप्रिय रहेका छ्न ।


क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #रोशन गुरुङ्ग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545