Techie IT
मंगलबार, वैशाख ९,२०८२

भिमसेनथापा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट ठाकुर भट्टको चर्चा परिचर्चा ।


 

गोरखा। आसन्न स्थानीय तहको निर्वाचनमा भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा ठाकुर भट्टले दाबी गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष पदमा दावा गर्ने भट्ट बिद्यार्थी काल देखिनै सक्रीय राजनितिमा हुनुहुन्छ ।  अहिले गोरखा क्षेत्र नं १ प्रदेश ख का सभापति पनि हुनुहुन्छ भट्ट ।

बि स २०५४ सालदेखि नेबिसंघ सिद्दकाली मा. बि. तान्द्राङको इकाइमा रहदै बि. स. २०५६, ०५७ सालमा दुल्लभ माबि घ्याम्पेशाल को इकाइमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नु भएको थियो ।

नेपाली कांग्रेस पार्टीको बिधान दिएको निर्देशनको पालना गर्दै सरस्वती बहुमुखी क्याम्पस ठमेल काठमाडौंमा २०५८ सालदेखी २०६४ सालसम्म नेबि संघ इकाइको बिभिन्न पदमा रहि काम गरेका थिए ।

त्यसैगरी, नेबिसंघ गोरखाको उपसभापति , नेपाली काङ्ग्रेसको १२ औँ अधिवेशनबाट गोरखा क्षेत्र नं ३ को उपसभापति, नेपाली काङ्ग्रेसको १३ औँ महाधिवेशनबाट गोरखाको जिल्ला कायर्समिति सदस्य हुदै १४ औँ महाधिवेशन बाट प्रदेश क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ ख सभापति भइ निरन्तर रुपमा २४ बर्षभन्दा बढि पार्टीमा काम गर्नु भएको छ ।

बिभिन्न संघ सस्थामा रहि काम गरेको अनुभव रहेको कारण अब जनप्रतिनिधि भएर नागरिकको सेवा गर्ने अबसरका लागि ‘एक पटक यसैपटक’ स्थानिय तहको नेतृत्व गर्न अग्रसर भएको ठाकुर भट्टले जनकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ तमाम गाँउपालिकाको जनता, अघिल्लो पुस्ता, पछिल्लो पुस्ताको मध्यस्थ भएर काम गर्ने छु ।
नागरिको समस्यालाई बुझ्ने छु लोभपाप त्यागेर जनताको जिवनस्तर उकास्ने कार्यमा अग्रसर हुनेछु ।

स्थानीय तहको चुनावको रौनक़ बढ्दै गर्दा आसन्न निर्वाचनको लागी गोरखा भिमसेन थापा गॉंउपालिका मा नेपाली कॉंग्रेसको तर्फबाट अध्यक्षमा ९ जना ले आफ्नो दावा प्रस्तुत गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545