काँग्रेस र माओवादी परित्याग गरी बूढानीलकण्ठमा दर्जन बढी एमालेमा प्रवेश

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम काठमाण्डौ क्षेत्र नम्बर ४ का नेकपा एमालेका संघीय साम्सद पदका उमेद्वार डा राजन भट्टराईले नेकपा एमाले जे बोल्छ तेही गर्ने पार्टी भएको बताएका छन्। नेकपा एमाले सरकारमा हुँदा एउटा र बाहिर हुँदा अर्को कुरा गर्ने दहि चिउरे पार्टी नभएको बताउदै उनले राष्ट्रियताका सबालमा एमालेको धारणा संधै एकनाश रहेको बताएका छन्।
एमालेको नेतृत्वमा देशले एकमतले चुच्चे नक्शा पाश गरेको भन्दै उक्त जमिन फिर्ता लिन समेत एमाले निरन्तर सक्रिय रहेको दावी गरेका छन्। त्यसै कारणले पनि सम्पूर्ण देशी बिदेशी शक्तिहरु एमालेलार्इ घेराबन्दी गर्न लागेको उनले आरोप लगाए। एमाले जनताको पार्टी रहेको भन्दै हिमाल पहाड तराई सबैतिर एमाले प्रवेशको लहर चलेको उनको भनाइ छ।
नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं.१० द्वारा आयोजित उक्त कार्यक्रममा वडा कमिटी अध्यक्ष जगत निरौला , वडाध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराई, प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी लगायतले आफ्नो विचार राखेका थिए। उक्त कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी १३ जना नेकपा एमालेमा प्रवेश गरेका थिए।
पार्टी प्रवेश गर्नेहरुमा बलबहादुर विश्वकर्मा, दिनेश सुनार, विवेक गजमेर, आकाश सुनार, रमेश गजमेर, विशाल वि।क।, दीपा राई, एलम राई, करण वि।क।, केशव पुरी, विक्रम सेन्चुरी, पूर्ण बहादुर सुनुवार र रमेश सुनार रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्