जुम्ला खस सभ्यताको इतिहास हो : अध्यक्ष ओली

जुम्ला । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको इतिहास भएको बताए । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यस्तो बताएका हुन् ।
‘जुम्लाको खस इतिहासलाई आफ्नो परिस्थिति अनुसार गर्न सक्ने सहयोग मैले गर्ने छु,’ उनले भने, ‘केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी म लिन्छु, ढुक्क हुनुहोस् र सिञ्जाको विकास गर्न हामी तयार छौँ ।’
जुम्लाको विकासका लागि सबैले एकआपसमा हातेमालो गर्नुपर्ने ओलीले बताए । उनले कर्णालीमा मानसरोवर, कैलाश पर्वत, राराताल, कनकासुन्दरी, त्रिपुरासुन्दरीलगायतका धार्मिक पर्यटकीय स्थल भएको बताउँदै चन्दननाथ बाबाले प्रतिपादन गरेको मार्सीचामलको देशभर चर्चा रहेको बताए । उनले मार्सीचामल नेपालको ओरजिनल ब्रान्ड भएको दाबी गरे ।
अध्यक्ष ओलीले जुम्ला सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए । ‘म जुम्लाको खलंगामा पहिले पनि आएको छु, सिजा किताबमा मात्र पढेको थिए, सिजा हेर्ने र विकास कसरी गर्नसकिन्छ भनेर आफै पुगेको छु,’ उनले भने, ‘आगामी निर्वाचनपछि नाग्म रारा जाने सडक पिच बनाएर देखाउनेछौँ ।
नजिकै बग्ने हिम नदीबाट के लाभ लिन सकिन्छ भन्ने विषयमा समेत गम्भीर चासो राखेको उनले बताए । विद्युत, टेलिफोन टावर, विद्युत्को ट्रान्समिसन लाइन जोड्दै राम्रो विद्यालय र अस्पताल बनाउन एमालेको ध्यान केन्द्रित हुने उनले बताए ।
नेकपा एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको ओलीले दाबी गरे । उनले अहिले सरकार जनतालाई ढाँट्ने धाउन्नमा रहेको बताए ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्