Techie IT
सोमबार, वैशाख ८,२०८२

स्थानीय तहको निर्वाचनपछि मात्रै माओवादीले पदाधिकारी चयन गर्ने


फागुन । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टीको पदाधिकारी चयन गर्ने भएको छ ।

माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने भएको हो ।

गत पुसमा भएको पार्टीको महाधिवेशनबाट आफू अध्यक्ष चुनिएपनि पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने बताएका थिए ।

तर पार्टीमा विवाद देखिएपछि अब चुनावपछि मात्रै चयन गरिने भएको छ ।

शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय कमिटिको बैठकमा पदाधिकारी चयनबारे केही पनि छलफल भएको छैन ।

माओवादीले पदाधिकारीमा आकांक्षी धेरै भएकाले निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने भएको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #माओवादीले पदाधिकारी चयन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545