सरकारविरुद्ध अनेरास्ववियुको तीन दिने आन्दोलन घोषणा

काठमाडौं, माघ १६ । अनेरास्ववियुले सरकारविरुद्ध तीन दिने आन्दोलन घोषणा गरेको छ । अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न बहानामा पाँच दलीय परमादेशी गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन रोक्ने खोजेको भन्दै संविधान तथा लोकतन्त्रलाई रक्षा गर्न अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनाएको बताइएको छ ।
स्थानीय तहलाई प्रतिनिधिविहीन बनाउने अभिप्रायले गठबन्धन सरकार संवैधानिक व्यवस्था विपरीत चुनाव टार्ने प्रपञ्चमा लागेको भन्दै अनेरास्ववियुले देशभरबाट खबरदारी गर्ने भएको हो ।
अनेरास्ववियुले माघ १७ (भोलि) देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने ।
भोलि नै देशैभर क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने । १८ गतेसम्म पनि मिति नतोकिए मन्त्री सहभागी कार्यक्रममा कालोझण्डा देखाउने । माघ १५ गते संघीय राजधानी र प्रदेश राजधानीमा कानूनविद्हरूको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुको कार्यक्रममा छ । अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार विरुद्ध कडा रुपमा आन्दोलनमा उत्रिन अपील गरिएको छ ।

क्याटेगोरी : राजनीति
ट्याग : #अनेरास्ववियु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्