Techie IT
सोमबार, वैशाख ८,२०८२

अरुण तेश्रो प्रभावितहरुको समस्या समाधान प्राथमिकतामा राख्ने संखुवासभाका गठबन्धन दलको निर्णय


संखुवासभा । जिल्लामा हालै बसेको पाँच दलिय गठबन्धनको बैठकले अरुण तेश्रो जलविद्युत आयोजनाका प्रभावितहरुको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । प्रभावितहरुले पटक पटक आन्दोलन गरेपनि उनीहरुको माग सम्बोधन नभएकाले त्यसको लागि गठबन्धनका दलहरुले विशेष पहल गर्ने निर्णय गरेको हो ।

जिल्ला भित्र निर्माण हुने र निर्माणाधिन आयोजनाहरुको सुक्ष्म अध्ययन तथा निगरानी राख्ने समेत निर्णय गरेको छ । त्यस्तै, जिल्लामा हुने अनियमितता, भ्रष्टचारको विरुद्धमा अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउने समेत निर्णय गरेको छ ।

उक्त कार्यहरुका लागि नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्ला स्तरिय राजनितिक संयत्र गठन गरिएको छ । समितिको सदस्यमा नेकपा (एकिकृत समाजवादी) का जिल्ला संयोजक हेमराज घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिमी र जनता समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई रहेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545