Techie IT
सोमबार, वैशाख ८,२०८२

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य यदुवंश झा एमालेमा प्रवेश


काठमाडौं, १९ पुस । पूर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मै फर्किएका छन् ।

एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए । झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए ।

उनी २०७० मा माले समाजवादीका सह–अध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #यदुवंश झा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545