काठमाण्डौ ४ का दुई नेताको राजनीतिक छलाङ्ग ,संघीय निर्वाचनको चर्चा र चासो

काठमाण्डौ क्षेत्र नं ४ का दुई नेताहरु गगन कुमार थापा र डा.राजन भट्टराई २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी रहेका थिए। त्यस समय थापा र डा.भट्टराई आफ्नो पार्टीका केन्द्रीय सदस्य रहेका थिए।
२०७४ सालको निर्वाचन पछी सरकारको कटु आलोचना गर्दै नेपाली कांग्रेसको मुखर आवाज बनेका थापा महामन्त्रीमा लोकप्रिय मत सहित विजयी बनेका छन भने सरकारले गरेका अत्यन्त दुरगामी रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्वका निर्णयहरुको कार्यान्वयनमा प्रभावकारी र कुशल समन्वय गरेका डा. राजन भट्टराई नेकपा एमालेको स्थायी कमिटी सदस्य बनेका छन।
पार्टी जिवनमा उपल्लो राजनीतिक जिम्मेवारी पाएका यी दुई नेताहरु अव निर्वाचन क्षेत्रमा पनि निकै केन्द्रीत बन्दै आएका छन। काठमाण्डौ क्षेत्र नं ४ का १२ वटै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्दै आगामी स्थानीय तहको निर्वाचन तयारीको स्पस्ट संकेत दिएका उनीहरुले क्षेत्रमा भने फरक राजनीतिक चुनौतीको सामना गरिरहेका छन।
संघीय र एक प्रदेस सभा सदस्य जितेको नेपाली कांग्रेसले क्षेत्रका १२ मध्ये २ वटा मात्र वडामा जितेको छ भने १० वडा र एक प्रदेस सभा जितेको नेकपा एमालेले संघीय सांसद गुमाएको छ।
आगामी स्थानीय निर्वाचन जसरि पनि जित्नु पर्छ भनेर अभियान संचालन गरेका थापा र स्थानीय तहमा प्राप्त गरेको सानदार जित कायम राखेर संघीय निर्वाचन क्षेत्र जित्ने योजना बनाएका डा.भट्टराईको प्रभावशाली राजनीतिक उदयले पुन काठमाण्डौ क्षेत्र नं ४ चर्चा र चासोको केन्द्रमा देखिएको छ।
नेपाली राजनीतिको उचाइमा पुगेका दुई नेता विच १० वडा ,दुई प्रदेस क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा बर्चस्व जमाउन गरिने प्रयास र प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ।
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #काठमाण्डौ ४, #गगन कुमार थापा र डा.राजन भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्