मतदानमा स्वविवेक प्रयोग गर्नुस् : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औँ महाधिवेशनका प्रतिनिधिलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नुभएको छ । महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफूले पनि तटस्थरुपमा आफ्नो स्वविवेक प्रयोग गर्ने भन्दै सबैै मतदातालाई पनि स्वविवेक प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले सभापति र पदाधिकारीका लागि हाल प्रतिस्पर्धामा रहेका कुनै प्यानलमा पनि आफू नरहेको र आफूले स्वतन्त्ररुपमा आफ्नो मतदानको प्रयोग गर्ने बताउनुभयो ।
कांग्रेस महाधिवेशनअन्तर्गत आज मतदानको कार्यक्रम तोकिएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्न ढिलाइ भएकाले ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि मतदाता छन् । यी प्रतिनिधिले आगामी चार वर्षका लागि काँग्रेसको नयाँ नेतृत्व छनोट गर्नेछन् । महाधिवेशनमा सभापतिका लागि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र कल्याणकुमार गुरुङले उम्मेदवारी दिनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्