नेपाली काँग्रेस मुलुकको पुरानो पार्टी भएको र सरकारको नेतृत्व समेत गरिरहेको अवस्थामा कसैले पनि पार्टीलाई स्वेच्छाचारी ढंगले चलाउन खोज्नु नहुने र सबै नेता तथा कार्यकर्ताहरुको भावना बुझेर मात्रै पार्टी अगाडी बढाउनुपर्ने उनीहरुको भनाइ थियो ।
पार्टीभित्र त्याग र बलिदानी गरेका ब्यक्तिहरुलाई पार्टीले मुल्याङकन गरि उचित स्थान दिनुपर्ने काँग्रेस नेता शेरबहादुर बनले बताए । उनले पार्टीमा कसैको पनि स्वेच्छाचारी हावी हुन नहुने बताए ।
काँग्रेसका युवा नेता अनुज चापागाईले पार्टीलाई बलियो र सशक्त बनाउन अब युवाहरु जाग्नुपर्ने र संगठन बलियो बनाउन लाग्नुपर्ने बताए । उनले अब काँग्रेसको जिम्मेवारी युवाहरुको काँधमा आएको र युवा जागेको खण्डमा मात्रै काँग्रेस बलियो हुने भएकाले भेटघाट र छलछफललाई अभियान कै रूपमा संचालन गर्ने बताए ।
त्यसैगरि अर्का युवा नेता विमन पराजुलीले संखुवासभा काँग्रेस त्यतिकै बलियो रहेको धारणा राखे । उनले विगतमा ०७० सालको चुनावलाई हेर्दा दुई वटै क्षेत्रमा काँग्रेसले जितेको स्मरण गर्दै स्थानीय तहमा हार ब्यहोरेको देख्दा नेताहरुको आन्तरिक खिचातानी मुख्य कारक तत्व रहेको बताउर्दै नेताहरुले मिलेर एकढिक्का हुन आग्रह गरे ।
काँग्रेसको प्रदेश देखि केन्द्रिय महाधिबेसन नजिकिदै गएकाले सबै नेताहरु मिलेर गए, त्यसको सकारात्मक सन्देश तल्लो तह सम्म कार्यकर्तामा जाने काँग्रेस अर्का नेता छत्रमणी काफलेले बताए । उनले पार्टीको महाधिबेसन देखि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन समेत नजिकिर्दै गएकाले संगठन सुदृढीकरणमा लाग्न सबै नेता कार्यकर्ताहरुमा आग्रह गरे ।
नेपाली काँग्रेसका जोशिला र अग्रसर युवाहरुद्धारा स्वतस्फुर्त रुपमा वनभोज कार्यक्रमको आयोजना गरिएको हो । पार्टीको काममा मात्रै लागिरहेको सन्दर्भमा कहिलेकाँही भेटघाट तथा जमघटले नयाँ बिचारहरु आदानप्रदान हुने भएकाले वनभोज कार्यक्रमको आयोजना गरिएको उनीहरुको भनाइ छ ।
उक्त बनभोज कार्यक्रममा काँग्रेसका पुराना अग्रज नेता राईबहादुर राई, काजीमान गुरुङ, भक्तबहादुर गुरुङ, जीवन राई, युवा नेता डेगराज बस्नेत, खाँदबारी नगरसभापति गणेश कार्की, खाँदबारी ८ नम्बरका वडाध्यक्ष डम्बर कटुवाल, खाँदबारी ४ का वडासदस्य जीतबहादुर गुरुङ, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी लगायत काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
काँग्रेसलाई बलियो र सशक्त बनाउन संखुवासभाका युवाहरुले अभियान नै संचालन गर्ने

संखुवासभा, १४ – मंसिर— संखुवासभा काँग्रेसलाई बलियो र सशक्त बनाउन युवाहरुले अभियान नै संचालन गर्ने भएका छन् । सोमबार नेपाली काँग्रेसका जोसिला युवाहरुद्धारा हेंवाखोलामा आयोजित बनभोज कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #काँग्रेस, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्