कांग्रेस महाधिवेशन : देउवा र पौडेलको कुन जिल्लामा अवस्था कस्तो ?

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेको जिल्ला अधिवेशनबाट अहिलेसम्म ५३ जिल्लामा जिल्लासभापतिहरू चयन भइसकेका छन् ।
जसमध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा जीत हात पारेका छन् । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २१ जना सभापतिहरू निर्वाचित भएका छन् ।
त्यस्तै पूर्वमहामन्त्री कृष्ण सिटौला निकट एक जना सभापति निर्वाचित भएका छन् भने उपसभापति बिमलेन्द्र निधि निकट एक जना सभापतिले जित निकालेका छन् । सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् ।
तनुहँबाट निर्वाचित सभापति जीतप्रकाश आले पौडेल समुहमा नै रहेको बताएका छन् । आले र बर्तमान सभापति बैकुण्ठ न्यौपानेका बीचमा प्रतिष्पर्धा भएको थियो । आलेलाई देउवा पक्षका नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुप वाग्लेले सहयोग गरेका थिए ।
तर, आलेले वरिष्ठ नेता पौडेललाई आफू पौडेलको पक्षमा रहने बचन दिएका छन् ।
हेर्नुहोस् सूची–
शेरबहादुर देउवा पक्ष (संस्थापन)
१.शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल– ओखलढुंगा
१४. डा.टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. तीर्थ लामा – काभ्रे
२० पदम बोगटी – कञ्चनपुर
२१. खड्गबहादुर पोखरेल – सुर्खेत
रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)
१. रोमी गौचन थकाली – मुस्ताङ
२. केशरमान रोका – रुकुमपूर्व
३. दीपक खड्का– संखुवासभा
४.नन्दप्रसाद न्यौपाने – गोरखा
५. विष्णु राई – खोटाङ
६.हिमालदत्त श्रेष्ठ –पाल्पा
७. राजु थापा – स्याङ्जा
८. किशोर आचार्य – रोल्पा
९. विष्णुकुमार गिरी – प्यूठान
१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११. विनोद बान्तवा – भोजपुर
१२. केशव श्रेष्ठ – अर्घाखाँची
१३. चतुरबहादुर चन्द – बैतडी
१४. बर्मा लामा – दोलखा
१५. अम्मबहादुर शाही – कालीकोट
१६. रामसिंह रावल – बाजुरा
१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
१८. मणिराम रेग्मी – दैलेख
१९. शंकरप्रसाद डाँगी – दाङ
२०. रमेश महत – नुवाकोट
२१. सबुज कृष्ण बानियाँ – काठमाडौं
२२. रामनाथ अधिकारी – धादिङ
२३. खिलध्वज पन्थी – गुल्मी
२४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
२५. केदार भण्डारी – सुनसरी
२६. ललितसिंह बोहरा– दार्चुला
कृष्ण सिटौला पक्ष
१. देउमान थेवे – झापा
विमलेन्द्र निधि पक्ष
१. किशोर बराल
पक्षधरता नखुलाएका –
१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२. वेदराज सिंह – जाजरकोट
क्याटेगोरी : राजनीति
ट्याग : #hot, #कांग्रेस महाधिवेशन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्