Techie IT
शनिबार, वैशाख ६,२०८२

बुहारी जिताउन शेखरले मृदुलालाई हराइदिए


विराटनगर, ११ मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङमा लामो समयदेखि राजनीति गर्दै आएका नेताहरूलाई हराइदिएका छन् ।

आफ्ना नातागोतालाई जिताउन शेखरले कांग्रेसका राम्रा र असल नेताहरूलाई महाधिवेशन प्रतिनिधिमै हराइदिएका हुन् । शेखरको यो हर्कत देखेपछि मोरङ कांग्रेसका नेताहरू सशंकित बनेका छन् ।

शेखरले आफ्नै घरकी बुहारीलाई जिताउन नेतृ मृदुला कोइरालालाई महाधिवेशन प्रतिनिधिमा हराएको चर्चा विराटनगरमा छ । शेखरकै टिमबाट मृदुला महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी थिइन् । बुहारीलाई जिताउनु पर्ने भएपछि शेखरले मृदुलालाई महाधिवेशन प्रतिनिधिमा हराइदिएको मोरङ कांग्रेसमा चर्चा छ ।

४५ वर्ष अगाडि नेतृ मृदुलाले विराटनगरको क्याम्पसबाट नेविसंघको उपाध्यक्ष बनेर सक्रिय राजनीति गरेकी थिइन् । कांग्रेस कोइराला परिवारकै नेतृ मृदुलालाई समेत हराउन सक्ने आँट राख्ने शेखरले अरु नेतालाई के गर्लान् भनेर प्रश्न उठेको छ ।

नेतृ मृदुलालाई स्व.गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको विश्वासपात्र थिइन् । कोइराला परिवारभित्रै यति ठूलो खेलकुद गरेपछि शेखरमाथि मोरङमा अविश्वास बढेको छ । शेखरसँग ‘हामी असुरक्षित छौं’ भनेर नेता कार्यकर्ताहरू चिन्तित बनेका छन् ।

कोइराला परिवार भनेर हिँडेका करीव २० जना नेताहरूलाई शेखरले मोरङमा महाधिवेशन प्रतिनिधिमा हराइदिएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545