Techie IT
आईतबार, वैशाख ७,२०८२

ओलीले प्रचण्डलाई सोधेः किन शान्ति प्रक्रिया टुंगो लगाउनु हुन्न ?


काठमाडौँ, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगो लगाउन नखोजेको बताएका छन् ।

शुक्रबार चितवनको नारायणी नदी किनारमा एमालेको दशौँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधनका क्रममा माओवादी अध्यक्ष प्रचण्डलाई किन शान्ति प्रक्रिया टुंगो नलगाएको भनि प्रश्न गरेका छन् ।

‘अहिले पनि किन शान्ति प्रक्रिया टुंगो लगाउनु हुन्न? घाइतको उपचार र समस्यामा परेकालाई किन उपचार गर्नुहुन्न ? घरबार बिहीन भएकालाई रोजगार किन दिनुहुन्न ?,’ ओलीले भने, ‘हामी सरकारमा भएपछि पूर्व लडाकुको व्यवस्थापन गर्ने गर्छौ । अब एमालेमा दशौं हजार पूर्वलडाकु प्रवेश गराउँछौ। एमाले तपाईंको पार्टी हो ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545