स्थापनाकालदेखि सक्रिय राजनीतिमा रहेका लामिछाने महाधिवेशन प्रतिनिधिका उम्मेद्वार

स्थापनाकालदेखि नै नेपाली काँग्रेस काभ्रेस्थलीको राजनीतिमा सक्रिय रहेका परशुराम लामिछानेले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने भएका छन् ।
मंसिर २४ देखि २६ सम्म हुने १४ औं महाधिवेशनका लागि लामिछानेले महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने भएका हुन् । मंसिर ६ मा हुन गईरहेको क्षेत्रिय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं। ६ बाट उम्मेद्वारी दिएका उनले आफुलाई मत दिएर विजयी बनाउन पनि नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।
२०३६ सालदेखि प्रजातन्त्रका लागि पार्टीको संगठन विस्तारमा लागिपरेका लामिछानेले सामाजिक क्षेत्रमा समेत योगदान दिएका छन् । २०४७ को संविधान जारी गर्दा काभ्रेस्थलीमा पार्टी ईकाई गठन गरि आफ्नै घरमा कार्यालय सञ्चालन गरेका उनले पञ्चायतका विरुद्ध लड्ने काम समेत गरेका थिए । पञ्चायतको दबदबा रहेका बेला उनले विभिन्न दबावलाई उछिन्दै जरंखु भेडिगोठ हुँदै काभ्रेस्थलीसम्मको मोटरबाटो निर्माण गर्दा आर्थिक र भौतिक सहयोग गरेका थिए ।
समुदायस्तरमा काभ्रेस्थली प्राथमिक विद्यालयको संचालक समितिमा लामिछाने आएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार आएको थियो । लामिछानेको पहलमा विद्यालयले आफ्नै भवन पाएपछि पठनपाठनमा सहजता स्थानीयहरु बताउँछन् ।
त्यसबाहेक ज्ञानोदय प्राथमिक विद्यालय र कालीदेवी उच्च माबीको कोटा स्वीकृत गराउन पनि लामिछानेले सशक्त पहल गरेका थिए ।
काभ्रेस्थलीमा खानेपानी ट्याङकी निर्माणका लागि संरक्षकको हैसियतले संसद् विकास कोष र स्थानीयबाट रकम संकलन गरि लामिछानेले ८८ घरधुरीमा पानी वितरण गरेका थिए । जसबाट अहिलेसम्म स्थानीय लाभान्वित भएका छन् । विभिन्न लिंक रोड बनाउन योगदान पु¥याएका लामिछाने नेपाली काँग्रेस र जनताको सेवामा समर्पित हुँदाहुँदै हाल जेष्ठ नागरिक बनिसकेका छन् । तर पनि अझै काँग्रेस र जनताको सेवामा कटिबद्ध हुने अठोटसहित उनी महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेका हुन् ।
यसैकारण उनले काठमाडौं निर्वाचन क्षेत्र नं। ६ का क्षेत्रिय प्रतिनिधिहरुलाई लगनशिलता, उमेर र सक्रियतालाई मूल्यांकन गरि महाधिवेशन प्रतिनिधिमा विजयी गराउन अनुरोध गरेका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस, #महाधिवेशन प्रतिनिधि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्