नेपाली कांग्रेस संखुवासभाको सक्रियता बढ्यो: जिल्लाव्यापी प्रशिक्षणको तयारी
सभापति खड्काद्धारा जिल्लामा प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह

नेपाली काँग्रेस संखुवासभाले जिल्लाभित्रको आयोजना सम्पन्न गर्दा स्रोत साधन प्रयोग गरेवापत २५ प्रतिशत लाभांश संखुवासभाले पाउनुपर्ने माग गरेको छ । काँग्रेस संखुवासभाका सभापति एवम् पूर्वमन्त्री दिपक खड्काको सभापतित्वमा शनिबार जिल्ला सदरमुकाम खाँदबारीमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका ठूला तथा साना आयोजनाहरुबाट प्राप्त हुने लाभांश नियमितरूपमा जिल्लाले पाउनुपर्ने माग राखेको हो। सभापति खड्काले सबै खाले आयोजना तीव्र गतिमा अघि बढाएर सम्पन्न गर्नका लागि सम्बन्धित आयोजनालाई दवाव दिने बताउनु भएको छ ।
शनिबार काँग्रेस संखुवासभा जिल्ला कार्यसमितिद्धारा आयोजित दिपावली, नेपाल सम्मत एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति खड्काले सो कुराको जानकारी दिनुभयो । कार्यसमिति वैठकले सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । पार्टी संगठन सुढृढ एवम् मजबुद बनाउनका लागि जिल्लाभित्रका सम्पूर्ण स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

शनिबारै बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनका क्रममा विभिन्न पदमा पराजित भएका तथा प्राविधिक रुपले छुट्न गएका तर पार्टी संगठनलाई आवश्यक साथै लामो समयदेखि काँग्रेसमा रहेर पार्टी संगठन विस्तारमा क्रियाशिल रहनुभएका व्यक्तिलाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनित समेत गर्नुभएको छ ।
त्यसैगरी जिल्ला अधिवेशनमा आफैसँग प्रतिस्पर्धा गरी सभापति पदमा भारी मतान्तरले पराजित हुनुभएका पुराना काँग्रेसी नेता राईबहादुर राईलाई समेत सभापति खड्काले जिल्ला सदस्य पदमा मनोनित गरी उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन गर्नुभएको छ ।
बैठकले काँगेस संखुवासभाले विगतदेखि हालसम्म गरिएका आर्थिक क्रियाकलापलाई पारदर्शी ढङ्गले अगाडि बढाउने निर्णय सर्वसम्मत पारित गरेको छ ।
सभापति खड्काद्धारा जिल्लामा प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह
नेपाली काँग्रेस संखुवासभाका सभापति दिपक खड्काले कर्मचारीलाई सुशासन, विधिको शासन र सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न आग्रह गर्नुभएको छ ।
सभापति खड्काले आज विहान जिल्ला सदरमुकाम खाँदबारीमा नेपाल निजामती कर्मचारी युनियनका नेतृत्वसँगको छलफलमा कर्मचारीलाई आग्रह गर्नुभएको हो ।
कुनैपनि प्रशासक प्रमुखको डर धम्कीबाट कत्तिपनि विचलित नभई राष्ट्रसेवामा दत्तचित्त भएर लाग्न सबैलाई सभापति खड्काले आग्रह समेत गर्नुभयो ।

क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : #hot, #काँग्रेस, #दिपक खड्का, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्