Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले कैलालीमा सदस्यता वितरणमा लफडा एमालेभन्दा समाहित भएका माओवादीका बढी सदस्यता


काठमाडौं, । नेकपा (एमाले)  कैलालीमा नयाँ सदस्य वितरणमा लफडा भएको छ ।
सदस्यता वितरणमा नेकपा ( माओवादी केन्द्र)ले अस्वाभिक रुपमा संगठित सदस्यको नामावली तयार पारेपछि लफडा भएको हो । भर्खरै एमाले प्रवेश गरेका तत्कालिन माओवादी केन्द्रबाट जथाभावी सदस्यताको संख्या बढाएपछि लफडा भएको बताइन्छ । सदस्यता वितरणमा कुरा नमिलेपछि कात्तिक ६ गते र कात्तिक ९ गते तोकिएका वडा कमिटी अधिवेशन र पालिका कमिटी अधिवेशन अझै हुन सकेको छैन ।
माओवादीले पार्टीमा नै नभएका व्यक्तिलाई धमाधम सदस्यता वितरण गरेको एमाले पक्षको दावी रहेको छ ।
कैलालीमा पूर्व एमाले भन्दा पूर्व माओवादीले बढी संख्या सदस्यता विवरण पार्टी कार्यालयमा बुझाउन थालेपछि एमालेपक्षले आपत्ति जनाएको हो ।
माओवादीले वितरण गरेका सदस्य गुपचुप रुपमा राखिएका छन् । तत्कालिन माओवादी पक्षले अस्वाभिक रुपमा हजारौ सदस्यता वितरण गरेको पाइएको छ । पार्टीमा समाहित भएपछि माओवादीतर्फबाट जिल्ला कमिटी सचिव रहेका सचिव दानवहादुर विक ‘चित्रण’ले पूर्व एमालेभन्दा बढी सदस्यता टीकापुर नगरपालिकाबाट वितरण गरेका छन् । कमजोर इलाकाबाट माओवादीले एमालेभन्दा बढी सदस्यता देखाएपछि अहिले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा उजुरी परेको छ ।
यस्तै पार्टी एकता हुँदा तत्कालिन नेकपा ९माओवादी केन्द्र०को १० हजार ८३७ पार्टी सदस्य र एमालेको १४ हजार ५९६ पार्टी सदस्यता रहेको विवरण पार्टी जिल्ला कमिटी कैलालीमा र पार्टी प्रदेश कमिटीलाई प्राप्त भएको थियो । सोको विवरण हाल पार्टी कार्यालय कैलाली र प्रदेश कार्यालय धनगढीमा सुरक्षित रहेको छ । तर त्यसविपरीत माओवादीले पार्टीको १० औ राष्ट्रिय महाधिवेनलाई लक्षित गरी आफ्नो प्रतिनिधि बढी बनाउनका लागि जथाभावी संगठित सदस्य वितरण गरेका छन् ।
केन्द्रीय सदस्य तथा पार्टी इन्चार्ज झपटवहादुर रावल र पार्टी केन्द्रीय सदस्य तथा सहइन्चार्ज दीपक देवकोटाले पार्टीको मूल्य मान्यता, विधि, पद्दति र पार्टीको निर्देशनभन्दा बाहिर गई सदस्यता वितरण गरिएको भन्दै त्यस्ता सदस्यतालाई मान्यता नदिन माग गर्दै पार्टी मुख्यालयमा उजुरी दर्ता गराएका छन् ।
केन्द्रीय सदस्य रावलले हालसम्म कैलाली जिल्ला कमिटीको कुनै पनि बैठक नभएको र बैठक विना संगठित सदस्यहरु सिफारिस गर्ने, एकता प्रक्रियामा भन्दै ठूलो संख्यामा पार्टी सदस्य वितरण गरी पार्टीमा गुटबन्दी संस्थागत गर्ने जस्ता क्रियाकलाप देखिन थालेको सदस्यता वितरण रोक्न माग गरेका हुन् ।
“भदौ १० गतेको बैठकले २०७७ चैतसम्म पार्टी सदस्यता प्राप्त गरेको व्यक्ति मात्र चुन्ने चुनिने अधिकार राख्ने पार्टी निर्देशन विपरीत पार्टी जिल्लाको बैठक नबसि नयाँ पार्टी सदस्यता वितरण गर्ने, त्यसरी तत्कालै अवैध रुपमा वितरण गरिएका पार्टी सदस्यहरुलाई चुन्ने चुनिने अधिकार दिइने भनि जिल्ला कमिटीको नाममा सर्कुलर जारी भएको भन्ने आमपार्टीका इमान्दार कार्यकर्ताको गुनासो वारम्बार गरिरहेकाले यस्ता गतिविधिले पार्टीको प्रणाली ध्वस्त हुने र पार्टी अराजकतातर्फ जाने परिस्थिति निर्माण भएको हुँदा तत्काल यस्ता गतिविधि रोकि पार्टी केन्द्रीय निर्देशन बमोजिम चुन्ने चुनिने अधिकार कायम गराउन ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले दर्ता गरेको निवेदनमा भनिएको छ ।
यस्तै उनले नयाँ पार्टी सदस्य वितरण गर्दा जिल्ला कमिटीको बैठकले निर्णय गर्ने र प्रदेश कमिटीले अनुमोदन गरी प्रक्रिया पुरा भएका व्यक्तिहरुलाई मात्र नयाँ पार्टी सदस्यता प्रदान गर्ने माग गरेका छन् ।
यस्तै केन्द्रीय सदस्य देवकोटाले जिल्ला कमिटी संगठन विभागको असहमतिका बाबजुद अध्यक्ष रणवहादुर चन्द र सचिव दानवहादुर विक ‘चित्रण’ आजै करिव नौ हजारको हाराहारीमा पूर्वमाओवादी केन्द्र तर्फका भन्दै काल्पनिक हो वा पूर्व एमालेको भन्दै नाम, सूचि र शुल्क सोझै केन्द्रमा बुझाउने गरी धनगढीबाट काठमाडौं प्रस्थान गरेको बताएका छन् ।
उनले यदि त्यसो गरी आएका नामलाई सोझै पार्टी सदस्यता मानी प्रस्तावित अधिवेशनमा सहभागि गराइयो भने सुदूरपश्चिमको तीन हिस्साको एक हिस्सा रहेको कैलालीमा हाम्रो पार्टीलाई ठूलो क्षति पुग्ने उजुरीमा उल्लेख गरेका छन् ।
कैलालीमा २०७० चैतसम्म केन्द्रबाट नम्बर प्राप्त गरेकाको संख्या ४ हजार ७६१ केन्द्रमा अभिलेखिकरण भएको र २०७० बैशाखदेखि २०७७ चैतसम्म एमालेले प्रदान गरेकोे पार्टी सदस्यता ९ हजार ७३५ जिल्ला कमिटीले निर्णय गरि प्रदेश कमिटीले अनुमोदन समेत गरी शुल्क समेत केन्द्रमा बुझाइसकेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545