Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाली काँग्रेस संखुवासभाको अधिकाशं तहमा सर्वसम्मत नेतृत्व चयन

सभापतिमा दिपक खड्काको नाममा सहमती जुट्दै


संखुवासभा, १४ असोज । नेपाली काँग्रेस संखुवासभाले जिल्लाका अधिकाशं तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिकाअनुसार भदौ १८ गतेदेखि सुरु भएको वडा अधिवेशनदेखि पालिका हुँदै प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न हुँदा अधिकाशं तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

संखुवासभाका अधिकाशं तहमा सर्वसम्मत नेतृत्व चयन भएसँगै अब संखुवासभाको पार्टी सभापतिमा संविधानसभा सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काको नाममा सर्वसम्मत हुने भएको छ ।

प्रदेश क्षेत्रको अधिवेशनलाई सर्वसम्मत गरेको संखुवासभा काँग्रेसले जिल्ला नेतृत्वलाई पनि सर्वसम्मत गराउने प्रयास गरिएको संखुवासभाका पार्टी सभापति दिपनकुमार श्रेष्ठले बताउनुभयो ।

काँग्रेस संखुवासभामा यसअघि पार्टी सभापतिका लागि उम्मेद्वार बनेका वर्तमान सभापति दिपनकुमार श्रेष्ठ, रामकुमार जिमीले दिपक खड्काको नाममा उम्मेद्वारी फिर्ता लिइसक्नुभएको छ भने पार्टी सभापति घोषणा गरेका अर्का नेता मुक्तिसिंह राईले पनि उम्मेद्वारी फिर्ता लिने हुनुभएको छ ।

संखुवासभामा काँग्रेसको संगठन थप मजबुद र बलियो बनाउनका लागि पूर्वमन्त्री खड्काको नाममा सर्वसम्मत गर्न लागिएको संखुवासभा काँग्रेसले जनाएको छ । संखुवासभामा असोज १५ गते जिल्ला अधिवेशन हुँदैछ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #hot, #काँग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545