बलियो कांग्रेस बनाउन सर्वसम्मत नेतृत्व चयन गरौंः पूर्वराज्यमन्त्री खड्का

संखुवासभा, चैनपुर । संखुवासभाको चैनपुर यतिबेला दुहलीझै सिँगारिएको छ । स्थानीय तहको निर्वाचनको झल्को दिने गरी चुनावी रौनकले चैनपुर बजार धपक्कै बलेको छ । तर, कुनै आम निर्वाचन होइन, नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा, पालिका र क्षेत्रीय अधिवेशनको रौनकले चैनपुर बजार गुलजार बनेको हो ।
आज मंगलबार चैनपुर बजारमा क्षेत्रीय अधिवेशनको उद्घाटन भएको छ । सभापति दिपककुमार लिम्बू खक्लुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले गरेका हुन् ।
उद्घाटन समारोहमा पूर्वमन्त्री खड्काले भने, ‘संखुवासभामा तीन तहकै निर्वाचन नेपाली कांग्रेसको पक्षमा पार्न पहल गर्नेछु । लोभलाग्दो कांग्रेस बनाउँछु, कांग्रेस बलियो बनाउन सर्वसम्मत अधिवेशनको गर्नुपर्छ । यी कुरा धैरै ठूलो मेहनत र साथीहरूको सहयोगबाट मात्र सम्भव भएको छ ।’
सबैको चाहना अनुरूप सर्वसम्मतिको बाटो रोजिएको नेता खड्काको भनाइ थियो । तीनै तहको निर्वाचनलाई मध्यनजर गरेर सहमति भएको छ, संगठनमा काम गरेका सबै साथीहरूलाई भूमिका दिइनेछ, नेता खड्काले भने, आफूले जिम्मेवारी नपाए पनि साथी हुँदा आफै भएको अनुभूति गर्नुहोला ।
पार्टी सभापति सर्वसम्मत हुने सम्भावना । यो अधिवेशनलाई ऐतिहासिक बनाउनुपर्छ । त्यसका लागि सबैको सहयोग अपरिहार्य छ, नेता खड्काले भने ।
कार्यक्रममा पूर्व सांसद बिना पौडेल, जिल्ला सदस्य पदमबहादुर अधिकारी, महासमिति सदस्य ज्ञानबहादुर कार्की, शंकरमान कणेल, महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारी, दिपेन्द्रमान शाक्य, शिक्षक संघका सभापति थीरबहादुर राई, कांग्रेस नेता थलकुमार लिङ्खालगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
प्रदेश ‘ख’ को अधिकांश वडा, चारवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । क्षेत्र र जिल्लामा पनि सहमति बन्ने निश्चितप्रायः बनेको छ । पूर्वराज्य मन्त्री रहिसकेका दिपक खड्का जिल्ला सभापतिमा सर्वसम्मत हुने निश्चितजस्तै छ ।
कांग्रेस कार्यकर्तामा यसपटक बेग्लै उत्साह देखिएको चैनपुरवासी बताउँछन् । पूर्वमन्त्री खड्काले अधिवेशनमा सहभागीलाई झोला, डायरी, कलमलगायतका सामाग्री उपलब्ध गराएपछि चैनपुर चोक बजार कांग्रेसको केन्द्रीय महाधिवेशनको झल्को दिइरहको एक सहभागीको प्रतिक्रिया थियो ।
क्याटेगोरी : फोटो फिचर, ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #hot, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्