Techie IT
शनिबार, वैशाख ६,२०८२

सभापतिमा पूर्व मन्त्री खड्कालाई बर्तमान सभापति श्रेष्ठको समर्थन

खड्काको नेतृत्वले संखुवासभा कांग्रेस बलियो र हुन्छ- सभापती श्रेष्ठ


सङ्खुवासभा नेपाली काङ्ग्रेसकाे जिल्ला सभापतिमा वर्तमान सभापति दिपनकुमार श्रेष्ठले पूर्व राज्यमन्त्री दिपक खड्कालाई साथ दिने हुनुभएको हो । खड्का र श्रेष्ठ बीच अाइतबार साझ भएकाे भेटवार्ता पछि श्रेष्ठले पूर्वमन्त्री खड्कालाई सघाउने भएकाे हाे ।
सभापतिका उम्मेदवार श्रेष्ठले पाटिलाई माथि उठाउन खड्काकाे नेतृत्व अपरिहार्य भएकाे बताउनुभयो । पूर्वमन्त्री खड्का जी मेराे उम्मेदवार हाे, उहाँले भन्नुभयो, मैले १५ असाेजमा हुने जिल्ला अधिबेशनमा उहाँलाई सघाउने हाे, यसमा दुई मत छैन । सभापति श्रेष्ठले भन्नुभयो, उहाँकाे नेतृत्वले सङ्खुवासभा काङ्ग्रेस बलियाे र दर्हाे हुने छ । अब खड्का र मुक्तिसिह राई बीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि गाउँ र नगर अधिवेशन सम्पन्न भएको छ। अहिलेको अधिवेशनमा  राज्यमन्त्री खड्का र सभापति दिपनकुमार श्रेष्ठको समुह एक भएको हुदा प्राय पालिकामा यो समूह निकटको जित भएको छ ।

पूर्वराज्यमन्त्री खड्कालाई जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, पूर्व साम्सद टङ्कप्रसाद राई, पूर्वसभासद पासाङ शेर्पा, महेश थपलिया, जनक थापा,वीना पाैडेल, उषा कार्की, अनन्तकुमार गाैली, मिङ्मा शेर्पा  समेतका नेताहरूकाे साथ र सहयाेग छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #दिपक खड्का, #दिपन कुमार श्रेष्ठ, #नेपाली कांग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545