Techie IT
आईतबार, वैशाख ७,२०८२

संखुवासभाका जिल्ला समन्वय प्रमुखसहित १५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी


संखुवासभाको जिल्ला समन्वय समिति प्रमुखसहित १५ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। मंगलबार जिल्ला निर्वाचन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यसहित जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

एकीकृत समाजवादी संखुवासभाका नेता हेमराज घिमिरेका अनुसार जिल्ला समन्वय समितिका प्रमुख शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, पाँचखपन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णबहादुर खड्का, पाँचखपन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष छत्रबहादुर न्यौपाने, सभापोखरी गाउँपालिका वडा नम्बर ५ वडाध्यक्ष याम सुब्बासहित १५ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी सनाखत गरेको बताए।

त्यस्तै जिल्ला समन्वय समितीका सदस्य एक जना र वडा सदस्य नौ जनाले समेत एकीकृत समाजवादी सनाखत गरेका छन्। यसअघि संखुवासभाका प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराएका छन्।


क्याटेगोरी : राजनीति, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545