Techie IT
आईतबार, वैशाख ७,२०८२

‘कुनै हालतमा एमसिसी पास हुन दिदैनौ’ : रामेश्वर थापा


 

सरोज थापा/ काठमाडौं- नवगठित पार्टि संयुक्त राष्ट्रिय जनमुक्ति मोर्चाका सह महामन्त्री रामेश्वर थापाले कुनै हालतमा एमसिसी पास हुन नदिईने बताएका छन् । आईतबार राजधानीको जमलमा आयोजित संयुक्त राष्ट्रिय जनमुक्ति मोर्चा पार्टि घोषणा कार्यक्रम माझ उनले उक्त भनाई राखेका हुन । एमसिसी राष्ट्र हितमा नहुने राय राखेका उनले पार्टिले राष्ट्र हित विपरितका कामहरुको बारेमा भण्डाफोर गर्दै जाने उदघोष समेत गरे ।

थापाले पार्टिको भावी कार्यक्रम र रणनीती बारे स्पस्ट पार्दै आफुहरुले एमसिसी पास हुन नदिन हरमग्दुर प्रयास गर्ने र यदी पास भैहाले राज्यले ठूलो क्षती बेहोर्नु पर्ने जिकिर गरे । साथै, निजले धॅर्म सापे्क्ष हिन्दु राष्ट्र, अखण्ड नेपाल र हिन्दू अधिराज्य समेत आफुहरुको माग रहेकोधारणा राखे ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545