Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रधानमन्त्री देउवालाई दिए मोदीले शुभकामना


प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई बधाई र शुभकामना दिनुभएको छ।

मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु।’

मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #breaking, #hot, #काँग्रेस, #प्रधानमन्त्री देउबा, #प्रधानमन्त्री मोदी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545