‘नमुना युवा प्रदेश सभा’ मा युवाका कुरा

काठमाडौँ, ः युवाहरुलाई संसदीय अभ्यास गराउदै आएको ‘नमुना युवा प्रदेश सभा’ सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको यहि असार २२ गतेदेखि भएको प्रदेश सभा आज मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेश सभामुख, मन्त्री, सांसदको भूमिका निभाउदै युवाहरुले सम्पन्न गरेका छन् ।
तीन दिनसम्म नमूना युवा संसदको प्रशिक्षण दिएर युवालाई अभ्यास गराइएको हो ।
सभामा देशभरिका सातवटै प्रदेशबाट २८४ जना १६ देखि २४ बर्ष उमेरसमूहका युवाको सहभागि रहेका थिए ।
युवा प्रदेश सभा बैठकमा उपस्थिति नमुना युवा सांसदले कोरोना भाइरस रोकथाम गरेमात्र जनजिविकालाई सहज बनाउने सकिने भन्दै कोरोना भाइरस विरुद्धको खोप प्रदेश सरकारले आफ्ना प्रदेशका नागरिकलाई उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश नं. २ का मुख्यमन्त्रीको भूमिका रहनु भएको पूजा साहले युवालाई कोरोना भाइरसबाट बचाउनका लागि खोप लगाउनका लागि चाँडै नै खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै वागमती प्रदेशका मुख्यमन्त्रीको भूमिकामा रहनु भएका अस्मि सापकोटाले कोरोना भाइरस, महिला हिंसा, विपद् व्यवस्थापनबारे प्रदेश सभामा छलफल भएको बताउनुभयो ।
युवा संसद कार्यक्रमबाट छनौट १६ देखि २४ बर्ष उमेर समूहका युवा मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदको भूमिका आज भर्चुअल विधिबाट युवा प्रदेश सभाको अभ्यास गरेका हुन् ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नमुना युवा संसदमा मुख्यत कोरोना भाइरस विरुद्धको खोप, युवाको नेतृत्व, विपद् व्यवस्थापन लगायत विषयमा छलफल भएको जानकारी दिनुभयो ।
उहाँले युवालाई अहिलेदेखि नै युवालाई संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि नमुना प्रदेश सभाका कार्यक्रम गरिएको बताउनुभयो ।
यस्तै समापन कार्यक्रममा वोल्दै वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले परिषद्ले अहिलेदेखि नै युवालाई संसदीय प्रणालीबारे अभ्यास गराए नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो ।
यस्तै मुख्यमन्त्रीको भूमिकामा सुदूरपश्चिम प्रदेशबाट सुरेन्द्र गिरीले नमुना युवा संसदबाट मुलुकको संसदीय परम्परा र अभ्यासबारे जान्ने मौका पाइएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री सुरज भट्टराईले युवाको नेतृत्वका विकासमा युवा संसदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री प्रशान्त लामिछाने जनप्रतिनिधिले मुलुक संचालन कसरी सञ्चालन गर्दा रहेछन् भन्ने कुरा आफूले सिकेको बताउनुभयो ।
प्रदेश नं. १ का मुख्यमन्त्री नविन पहाडी र गण्डकी प्रदेशका मुख्यमन्त्री संन्दीप गिरी पनि संसदीय प्रणाली, लोकतन्त्रको बारेमा सिक्न पाएको बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्