Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेको स्थायी कमिटी : माओवादी सहित ८ नेता थपिए


एमालेका चार र माओवादीबाट एमाले प्रवेश गर्नुभएका चार नेतालाई नेकपा एमालेको स्थायी कमिटीमा थप गरेको छ । आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेका चार र माओवादीबाट एमाले प्रवेश गर्नुभएका चार नेतालाई स्थायी कमिटीमा थप गर्ने निर्णय गरेको हो ।

रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल, रघुजी पन्त र माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटी सदस्यमा थपिनुभएको हो ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताउनुभयो । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #एमालेको स्थायी कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545