Techie IT
आईतबार, वैशाख ७,२०८२

भदौ १६ बाट कांग्रेस महाधिवेशन


काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए ।

वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ ।

क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने  बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ ।

त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेस महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545