Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राई पनि मन्त्रि बन्ने चर्चा


प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद विस्तार गर्ने गरी छलफल थालेका छन्  मातहातमा रहेको  मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउने  तयारी थालिएको हो।

मन्त्रि मण्डल विस्तारको क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राई पनि मन्त्रि बन्ने चर्चा चलेको छ।

 

नेकपामा विवाद देखिएको समयमा काठमाण्डौ जिल्लाको बहुमत भन्दा बढी पार्टी सदस्य  र जनप्रतिनिधिहरुलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा पार्न निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेका राई काठमाण्डौ क्षेत्र नं ३ बाट  प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका थिए ।

 

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #कृष्ण राई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545