Techie IT
आईतबार, वैशाख ७,२०८२

राजनीतिक विवादले गणतन्त्रको अभ्यास विचरो ः रेग्मी

खिलराज


काठमाडौँ, १५ जेठ ः मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले राजनीतिक विवादले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास विचरो वन्न पुगेको महशुस भएको बताउनु भएको छ ।

१४ औ गणतन्त्र दिवसको अबसरमा शुभकामना सन्देश दिदै उहाँले सधै राजनीतिक विवादलाई अदालतमा पु¥याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास विचरो वन्न पुगेको महशुस गराएको बताउनुभयो ।

सन्देशमा उहाँल् राजनीति आफैमा समस्या नवनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार वन्न सके मात्र गणतन्त्र दिवस मनाउनुको सार्थकता हुने उल्लेख गर्नु भएको छ ।

गणतन्त्र दिवस स्मरण गरी रहँदा आज एकातिर कोभिडको महामारीले फेरि गाँजेको र राजनीति नराम्ररी दलदलमा फसेको हुदा वातावरण उल्लासमय हुन नरहेको उहाँको भनाई रहेको छ ।

विगत लामो समयदेखिको संघर्ष र आन्दोलनको फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान दोश्रो संविधान सभा मार्फत प्राप्त हुन सकेको भन्दै यसको मूल मर्म नागरिक सर्वोच्चता रहेको बताउनुभयो ।

वहुदलीय शासन प्रणालीमा यसको व्यवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक दलहरु र यसका नेतृत्व वर्गको अंह भूमिका अपेक्षित र महत्वपूर्ण भएपनि एक वर्ष भन्दा लामो समयदेखि राजनीतिक खिंचातानी र कोभिडको महामरीले नेपाली जनजीवन उदेक लाग्दो चक्रव्युह र कष्टकर जीवन यापन गर्न अभिषप्त रहदै आएको उल्लेख गर्नुभयो ।

“आर्यघाटको लासको चाङको दारुण दृश्य र चिताको चित्कारले के सन्देश दिई रहेछ ? अस्पतालको वेड खोज्दै कोभिडको विरामी घुमाउदा घुमाउदै मृत्युवरण गरेको समाचार र आपmन्तजनका दारुण क्रन्दनले हामी कुन अवस्थामा छौं ? भन्ने कुरा जग जाहेर गर्दछ, ” उहाँले सन्देशमा भन्नुभएको छ, “ सवै मिली जुटेर नागरिकको जीवन सुरक्षित गर्ने कुरा सर्वाधिक प्राथमिकताको विषय वन्नु पर्ने हो ।”


क्याटेगोरी : राजनीति, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545