Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापालाई नेता माधव नेपालको साथ


नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिनुभएको छ ।

कोटेश्वरस्थित आफ्नो निवास पुग्नुभएका गृहमन्त्री थापासँगको भेटमा उहाँले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन(वाग्मती प्रदेश) हुँदै छ ।

गृहमन्त्री थापा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार हुनुहुन्छ । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा खिमलाल देवकोटा उम्मेदवार हुनुहुन्छ । भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उहाँहरुबीच छलफल भएको थियो ।

गृहमन्त्री थापा नेकपा (एमाले)मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा उहाँ पदमुक्त हुनुभएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #रामबहादुर थापालाई नेता माधव नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545