मुख्यमन्त्री पोखरेलले राजीना दिए ,प्रदेश प्रमुखद्धारा स्वीकृत

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिनएका छन्।आइतबार नेपालको संविधानको धारा १६९ को उपधारा १९(क) बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष उनले राजिनामा बुझाएपछि प्रमुखद्धारा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेललद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ ।
मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृतिलगत्तै नेकपा (एमाले)एकल सरकार गठनको दावीसहित अघि बढ्ने प्रदेशसभामा पार्टीका प्रमुख सचेतक भूमीश्वर ढकालले बताएका छन् । प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल भएकाले अब आफ्नै नेतृत्वमा एकल सरकार गठनका लागि अगाडि बढ्न मुख्यमन्त्रीले राजीनामा दिएको प्रमुख सचेतक ढकालको भनाई छ । उनका अनुसार एमाले अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका लागि अगाडि बढ्ने छ ।
तीन वर्षअघि नेकपा(माओवादी केन्द्र) सम्मिलित एमालेका पोखरेल नेतृत्वको सरकारविरुद्ध केही दिनअघि माओवादी केन्द्र र नेपाली कांग्रेससहितले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै माओवादी केन्द्र मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारबाट फिर्ता भएको थियो । सोही दिन मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार सदस्यलाई सरकारमा सहभागी गराई मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।
मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि आज आइतबादेखि प्रदेशसभामा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । प्रदेशसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ ।
क्याटेगोरी : राजनीति
ट्याग : ##पोखरेलले राजीना दिए, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्