Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने जसपाबाट २३ सांसदको साथ (नामसहित)


वैशाख । जनता समाजवादी पार्टी (जसपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने कि नयाँ सरकार गठन गर्नेमा स्पष्ट दुई धार देखिएको छ ।

जसले गर्दा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबाट हटाउने कांग्रेस–माओवादी केन्द्रको तयारीलाई जसपाको आन्तरिक विभाजनले धक्का दिएको छ ।

संसदमा निर्णायक भूमिका खेल्ने हैसियतमा रहेको जसपाका महन्थ ठाकुर ओली पक्षमा छन् भने उपेन्द्र यादवकै केही सांसदहरु ओलीलाई समर्थन गर्न उद्यत छन् । ओलीले नै माग पूरा गरिरहेका कारण अविश्वासको प्रस्तावमा सहमति नहुने ठाकुरले शीर्ष नेताको मंगलबारको बैठकमा भनिदिए ।

ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई गएनन् तर ठाकुर र लक्ष्मणलाल कर्ण सहभागी भए । यस लगायत राजनीतिक घटनाबाट जसपाको भित्री विभाजन स्पष्ट पारेको छ ।

पूर्व राजपाबाट भने ओलीको विपक्षमा एक जना महेन्द्र राय यादव मात्र देखिएका छन् । २३ जना भने ओलीका पक्षमा खुल्ने लगभग तयार भएका छन् । राजेन्द्र महतोदेखि अन्य सबै सरकारलाई समर्थन दिने या चुनावमा जाने पक्षमा छन्।

ओली सरकारलाई समर्थन दिन नहुनेमा यादव, भट्टराई, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव र सूर्यनारायण यादव रहेको स्रोतले जनाएको छ ।

प्रदिप यादव र उमाशंकर अरगरियालगायत सरकारका पक्षमा छन् । अनिल झा, राजकिशोर यादव, अमृतादेवी अग्रहरी, अरगरिया, एकवाल मियाँ, कलुदेवी विश्वकर्मा, चन्दा चौधरी, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वेनी, नरमाया ढकाल, निर्जला राउतलगायत ठाकुर पक्षमा उत्रिएका छन् ।

प्रदिप यादव, प्रमोद साह, बिमलप्रसाद श्रीवास्तव, महन्थ ठाकुर, राजकिशोर यादव, रानी मण्डल, रामबाबुकुमार यादव, रामशहाय यादव, रुही नाज, रेनुका गुरुङ, शरतसिंह भण्डारी र सुरेन्द्र यादव पनि ओली सरकारलाई समर्थन गर्ने तयारीमा छन् ।

उता उपेन्द्र यादवले भने सरकार गिराउन बैठक बोलाउनुपर्ने बताए पनि महतोले कोरोना कहरमा बैठक बोलाउन नहुने बताए ।

यद्यपि देश कोरोनाले शिथिल भइरहेका बेला नेताहरुले जनतालाई कसरी बचाउने भन्नेबारे योजना बनाउनुपर्ने तथा सरकारका सन्देशहरुलाई पालना गर्न पनि सहयोग गर्नुपर्ने देखिन्छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #जसपाबाट २३ सांसदको साथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545