Techie IT
आईतबार, वैशाख ७,२०८२

प्यूठान युवा संघमा जिसी


काठमाडौँ, । राष्ट्रिय युवा संघ प्यूठान जिल्लाको अध्यक्षमा लिला जिसी निर्वाचित भएका छन् ।

भर्खर सम्पन्न भेलाले जिसीलाई निर्वाचित गरेको हो । जिसी लामो समयदेखि प्यूठानका एमालेको राजनीतिक गर्दै आइरहेका थिए । निर्वाचित भएपछि उनले आउने निर्वाचनमा प्यूठानका एमालेमा लालकिल्ला बनाइने बताए । उनमा सवैलाई मिलाएर लैजाने क्षमता समेत रहेको छ ।

जिसी अध्यक्ष भएपछि प्यूठानका युवाको आकर्षण बढेको छ । प्यूठानका उनलाई असल बौद्धिक व्यक्तित्वको रुपमा हेर्ने गर्दछन् । साच्चिकै भन्नुपर्दा जिसी अध्यक्ष भएपछि एउटा सामाजिक र कुशल नेतृत्व गर्ने क्षमता भएका युवा प्यूठानले पाएको छ ।

उनी निर्वाचित भएपछि युवाको पंक्तिमा खुशीयाली छाएको अखिलका नेता भानुभक्त भट्टराईले जानकारी दिए । भट्टराईले प्यूठानको आशाका दियो जिसी निर्वाचित भएपछि प्यूठानमा एमालेको जनलहर छाएको समेत बताए ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545