राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमणमा चार समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं । सोमबारदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको राजकीय भ्रमणका क्रममा दुई देशबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
भ्रमणको क्रममा कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । सो सम्झौता अनुसार बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनको लागि प्रयोग गर्न दिन सहमत भएको छ । बंगलादेशले नेपाललाई लामो समयदेखि पारवहन सुविधा प्रदान गर्दै आएको छ ।
त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने भएको छ । यससम्बन्धी सम्झौताका लागि मन्त्रिपरिषदको वैठकले उद्योग, वाणिज्य र आपूर्ती मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।
राष्ट्रपतिकै भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम छ । नेपाल र बंगलादेशबीच पर्यटनको प्रचुर सम्भावना भएपनि अहिलेसम्म खासै उपलब्धी हुन सकेको छैन । अब सम्झौतापछि दुई देशबीच पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिने छ ।
नेपाल सरकार र बंगलादेश सरकारबीच सांस्कृतिक कार्यक्रम आदान प्रदान कार्यक्रम सम्बन्धी सहमति पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
यी सम्झौताबाहेक नेपाल र बंगलादेशबीचमा हुने उर्जा सहकार्यको विषय, व्यापार प्रवर्द्धनलगायतका विषयमा छलफल परराष्ट्र मन्त्रालयको भनाइ छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, देश परदेश
ट्याग : #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्