Techie IT
आईतबार, वैशाख ७,२०८२

सरकार र विप्पलवसमुहबीचको पहिलो चरणको औपचारिक वार्ता सकियो


काठमाडौं । नेपाल सरकारले भूमिगत नेत्रविक्रम चन्द (विप्लव) समुहसँगको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न गरेको छ । विप्लबसमुहसँग वार्ता गरि समस्या समाधान गर्न भनि मंगबार सरकारको पक्षबाट २ सदस्यीय वार्ता टोली गठन भएको थियो भने विप्लव समूहले पनि खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

बुधवार बिहान नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता  सम्पन्न हुनुका साथै वार्ता सकारात्मक दिशाउन्मुख रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा सरकारको वार्ता टोलीका सदस्य समेत रहेका राजन भट्टराईले ट्विट् मार्फत जानकारी गराएका छन् ।

 


क्याटेगोरी : राजनीति
ट्याग : ##(विप्लव) समुहसँगको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545