Techie IT
आईतबार, वैशाख ७,२०८२

क्याबिनेट गठनकै दिनदेखि प्रचण्डले असहयोग गरे : नेता गौतम


नेकपाका नेता राजेन्द्र गौतमले नियुक्त भएकै दिनदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रचण्ड लागिरहेको दावी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले माओवादी समूहबाट मन्त्री हुनेको नाम माग्दा नदिएको प्रसंग राख्दै गौतमले सकेसम्म कांग्रेसको सहायतामा आफै सरकारमा जान प्रचण्ड लालायित भएको बताउनुभयो ।

‘नियुक्त भएकै दिनदेखि प्रचण्डले ओलीलाई असहयोग गरेका हुन् । आफूलाई कांग्रेसले मिलेर सरकारमा जाऔं भनेको भन्दै उनले मन्त्रीको नाम दिन आलटाल गरेका थिए । पछि कुरा मिलेको हो, प्रेस संगठन नेपालको लुम्बिनी प्रदेश भेलामा बोल्दै नेता गौतमले खुलासा गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीलाई प्रचण्डले पहिलो गाँसमै ढुंगा भने जस्तो गराएको र पछि निरन्तर सरकारलाई असहयोग र घेराबन्दी गरेको जानकारी दिनुभयो ।
असफल बनाउन प्रचण्ड, माधव नेपालहरु निरन्तर लागेको, अस्थिरता ल्याउन लागेपछि ताजा जनादेशमा जान ओली बाध्य भएको उहाँले सुनाउनुभएको थियो ।

‘जनतामा जाऔं । ताजा जनादेश लिऔं भन्दा प्रतिगमन हुन्छ ?, प्रेस संगठनका इञ्चार्ज समेत रहेका नेता गौतमको प्रश्न थियो ।

प्रदेशभरीका संगठन आवद्ध पत्रकार सहभागी भेलामा नेकपा स्थायी कमिटी सदस्य एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले देश अब माओवादी नामक दमन र उत्पिडनबाट मुक्त हुने अवस्थामा पुगेको बताउनुभएको थियो ।
मन्त्री रायमाझीले केही दिन अघि नेकपाको अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहालले दुई मन्त्रीसंग खेमा परिवर्तनको वार्ता भएको भन्ने झुटो र भ्रामक अफवाह गरेर कार्यकर्ता र जनतालाई दिग्भ्रमित पार्न खोजेको आरोप लगाउनु भएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #राजेन्द्र गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545