Techie IT
आईतबार, वैशाख ७,२०८२

निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ ? ः अर्थमन्त्री

बिष्णुप्रसाद पौडेल


काठमाडौँ, २४ माघ  अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुक निर्वाचन तर्फ अगाडि बढिसकेको बताउनु भएको छ ।
पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि सरकारले तयारी गरिरहेको समेत बताउनुभयो ।
“ निर्वाचनका लागि निर्वाचना आयोग, सुरक्षा निकाय र अन्यसवै निकायले तयारी गरिरहेका छन” उहाँले भन्नुभयो, “ तोकिएको समयमा निर्वाचन हुन्छन । तपाईहरु ढुक्क हुनुहोस् ।”

सरकारले आउँदो बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहनु भएका उहाँले प्रतिनिधी सभा विघटन मुलुकलाई स्थिरितातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम रहेको भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको भनाई राख्नुभयो ।

ताजा जनादेशका लागि जनता माझ जाने कुरा निरङ्कुश हुन नसक्ने उहाँको भनाई रहेको थियो । “केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन” उहाँले भन्नुभयो, “निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ ? भने लोकतन्त्र भनेको के हो भनेर ति साथीलाई म प्रश्न सोध्न चाहन्छु ।”

उहाँले मुलुकमा कुनै समस्या प¥यो र त्यो समस्या समाधान गर्न सकिदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन, त्यसले नै सरकार संचालन गर्ने भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा राख्नुभयो ।
“उहाँहरु चुनाव गर्न पाइदैन भनेर निर्वाचन आयोगलाई धम्काउदै हुनुहुन्छ,” उहाँले भन्नुभयो, “ निर्वाचनसंग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नु भएको छ । त्यो हामी पुरा गर्न दिदैनौ ।”

उहाँले दुई तिहाईको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्न अवसर पार्टी भित्रका केही नेताको कारणले गुमेको स्पष्ट पार्नुभयो ।

“ कम्युनिष्ट पार्टी प्रति जनताको भर, विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो” उहाँले भन्नुभयो, “ कम्युनिष्ट आन्दोलन गर्न सक्दछन । सरकार सञ्चालन गर्न सक्दैनन भन्ने केही साथीहरुले देखाउनुभयो ।”

अर्थमन्त्री पौडेलले कोरोना भाइरस (कोभिड–१९) को कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधी सभा विघटन गरेको बताउनुभयो ।
उहाँले अहिले प्रतिनिधी सभामा मात्र विघटन भएको र राष्ट्रिय सभा, प्रदेश सभा, संविधानिक अङ्ग र स्थानीय तह क्रियाशिल नै रहेकोले संविधानमा कुनै फरक नपरेको स्पष्ट पार्नुभयो ।

उहाँले प्रतिनिधी सभा विघटन बैशाखसम्म मात्र भएकोले बैशाखपछि सामान्य परिस्थिति हुने बताउनुभयो ।
उहाँले आफूले पार्टी जोगाउन अन्तिम प्रयास गरेको भन्दै तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ कारणले पार्टी विभाजन तिर गएको आरोप लगाउनुभयो ।

उहाँले सरकारले राम्रो काम गरेको हुनाले आगामी निर्वाचनका जनताले फेरि पनि विश्वास गरेर जनमत दिने बताउनुभयो ।
उहाँले केपी शर्मा ओली महाधिवेशनबाट नै अध्यक्षमा निर्वाचित भएकोले केन्द्रीय कमिटीले हटाउन नसक्ने दावी गर्नुभयो ।

कार्यक्रममा पेशागत महासङ्घको २७५ कमिटी सदस्यीय सातौ महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । जसको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहनु भएको छ ।
नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले सपथ खुवाउनु भएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545