Techie IT
आईतबार, वैशाख ७,२०८२

नारायणहिटीको अगाडि सभाको सन्देशः जनादेश

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)


–शरद शर्मा
काठमाडौँ, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज यहा वृहद् जनसभा गर्दै ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ ।

सभामा वोल्ने नेताहरुले पनि अव निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचन उन्मुख भएको बताउनु भएको छ ।
सभामा सहभागी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापाले मुलुकको समृद्धि र स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएकोले मुलुक निर्वाचनमा होमिएको बताउनु भएको थियो ।

सभामा सहभागी हुने नेकपाका नेता कार्यकता देशभरिबाट आएका थिए ।
प्रतिनिधी सभा विघटन भएपछि दुई समूहमा विभाजन भएको नेकपा आज प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले गरेको सभाक नेता, कार्यकर्ताको उल्लेनिय सहभागिता रहेको थियो ।

सभा शुरुहुनुभन्दा अगाडि १६ ठाउँबाट झाकी सहित ¥यालीमा सहभागी भएका थिए । मुलुक ताजा जनादेशमा जाने भनेपछि स्वर्तस्र्फुत रुपमा मानिसहरुको सहभागिता रहेको थियो ।

दिउँसो एक बजेबाट कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ः विर्षजनवाद र अवसरवादको बिरोध गरौं
‘राष्ट्रिय स्वाधिनताको ः रक्षा गरौं, रक्षा गरौ’, ‘नेपाली जनता के भन्छन् ः के.पी ओली ले भन्छन्’, ‘आज होइन भोलीलाई ः १० वर्ष ओलीलाई’,‘जनता हामी जाग्दैछौं ः निर्वाचनमा लाग्दैछौं’, ‘संवृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा ः पूरा गर्छौ, पूरा गर्छौं’ जस्ता नारा लगाइएका थिए ।

“अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने नाराका साथ भएको सभामा प्रधानमन्त्री ओली र नेकपाका चुनाव चिन्ह सूर्य र राष्ट्रिय झण्डा फहराउदै बेलुन उडाइएको थियो ।
सभास्थलमा प्रधानमन्त्री ओली आउँदा सवै राजनेता आगमन कार्यक्रम संचालक वागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले भन्नु भएको थियो । ओली मञ्चमा उभिएर हात हल्लाउँदा सहभागिले समेत हात हल्लाउँदै स्वागत गरेका थिए ।

सभामा सुभाषकुमार श्रेष्ठले बनाउने भएको प्रधानमन्त्री ओलीको चित्र नेकपाका युवा नेता महेश वस्नेतले हस्तान्तरण गर्नु भएको थियो ।
प्रदेश अध्यक्ष पोखरेलले पार्टीमा देखिएको संकटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रीया भण्डारी र बैकुण्ठ महतले नेकपा एकता कायम राख्नका ‘एकता तोडेर नजाउ साथी हो र अभियान छोडेर नजाउ साथी हो’ भन्ने गीत प्रस्तुत गर्नु भएको थियो । उक्त गीतले सहभागी मनोरञ्जन दिदै नेकपा एकताको पक्षमा लाग्न दिएको थियो । सहभायीहरु नेकपाको झण्डा र चुनावचिन्हसंगै नाचेका पनि थिए ।

सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हात उठाएर मुलुक अगाडि बढेको सन्देश निदका लागि विभिन्न ठाउँमा राखिएको तस्विरमा फोटो नेता कार्यकर्ता झुम्मिएका थिए ।

नारायणहिटी दरवार अगाडि भएको सभा हेर्नका लागि ठमेलको केशरमहल, जयनेपाल हल र घण्टाघरसम्म मानिसहरु रहेका थिए ।
कार्यक्रम सकिएपछि उपस्थित स्वयसेवकले कार्यक्रमस्थल वरिपरी सरसफाई गरेका थिए ।

सभामा सफलता पूर्वक सम्पन्न गर्नका लागि कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरेको थियो । नेकपाले यस्तै आमसभा फागुन १ गते वुटवल र ८ गते विराटनगरमा गर्ने भएको छ ।


क्याटेगोरी : राजनीति, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545