Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वर मनमैजुमा काङ्ग्रेसको प्रदर्शन


वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध गर्दै नेपाली काङ्ग्रेस नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ६ ले सरकारको विरोधमा आज तारकेश्वर मनमैजुमा प्रदर्शन गरेको छ ।

सरकारविरोधी नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि सो र्याली लोकतान्त्रिक चोकमा आएर विरोधसभामा परिणत भएको थियो ।

विरोधसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता कार्यक्रममा नेपाली काङ्ग्रेस नेता एवं पूर्वमन्त्री भिमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि बेइमानी गरेको र जनमत लाई धोखा दिएको आरोप लगाए ।

उनले वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध काङ्ग्रेसले जारी राख्ने बताए । नेपाली काङ्ग्रेस काठमाडौका सभापति सबुज बहानियाँले सरकारको १ वर्ष निराशामा बितेको भन्दै आधारभूत आवश्यकता पूरा गर्न भन्दा पनि सरकारमा बसेका मन्त्री राज्यको सम्पत्ति दोहन गर्न लागेकाले नेपाली काङ्ग्रेस सडकमा आएको बताए । अब सरकारको दिनगन्ती समेत शुरु भएको उनको भनाइ थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #मनमैजुमा काङ्ग्रेसको प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545