Techie IT
आईतबार, वैशाख ७,२०८२

राजतन्त्र पुर्नस्थापनाको माग गर्दे प्रर्दशन


शाही युवा शक्ति नेपालले बाँकेमा बृहत प्रर्दशनी गरेको छ । विर गोरखाली र राष्ट्रवादी युवा अभियन्ताहरुको मुल आयोजनामा बाँसगढी, मौनापोखरी गुलरिया हुदै भुरिगाँउ बासगढी सम्म मोटर साइकल र्रयाली गरेको छ ।

बर्दियाका शाही युवा शक्तिका केन्द्रिय सदस्य संयोग जंग शाह र बाँकेका अर्जुन जंग शाह विर गोरखालीका राजकुमार शाही र प्रेम कुंवर एवं राष्ट्रवादी युवराज शाही र विजय काफ्लको नेतृत्वमा हिन्दु राज्य र राजतन्त्र पुनःस्थापनाको माग गर्दे प्रर्दशन गरिएको शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपती खड्काले बताए ।

 

प्रहरी हस्तक्षेपका बाबजुद पनि कार्यक्रम शान्तिपुर्ण रहेको र यो अभियान देशव्यापी रहने उनको भनाई छ ।

केही दिन अगाडी बुटवल लगायत देशका विभिन्न शहर संगै बाकेको कोहलपुरमा समेत राज संस्था पुनर्स्थापनाको माग गर्दै गरिएको प्रदर्शन पछि आज बुधबार बर्दियाको विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

पशुपति खड्काको नेतृत्व रहेको शाही युवा शक्ति नेपालले बिगत १० बर्ष देखी राजतन्त्र पुनःस्थापना माग गर्दै सडक कार्यक्रम गर्दै आएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #राजतन्त्र पुर्नस्थापनाको माग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545