पूर्वएमालेका तीन शीर्ष नेताहरूको भूमिकाले कार्यकर्ता चिन्तित

काठमाडौं, २२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सचिवालयमा बहुमतमा देखिएका छन् ।
शुक्रबार धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा दाहालले ‘मसँग सचिवालयमा बहुमत छ’भन्ने सन्देश दिएका हुन् । दाहालले धुम्बाराही बैठकबाट दिएको सन्देशले झन् नेकपाको विवाद समाधानमा समस्या आउन सक्ने चिन्ता कार्यकर्ताहरूमा बढेर गएको छ ।
९ सदस्यीय सचिवालयमा दाहालको पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ देखिएका छन् । शुक्रबार दाहाल निकट मानिने नेताहरू मात्रै सहभागी भए ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा देखिएका छन् । ओली निकटका सदस्यहरू कोही पनि बैठकमा सहभागी भएनन् ।
आफ्नै पार्टीका अध्यक्षले नेतृत्व गरिरहेको सरकारलाई सहयोग गर्नुको साटो दाहालले गुटबन्दी गरेर शुरुदेखि नै असहयोग गर्दै आएका छन् । अहिले पनि दाहालले पूर्वएमालेका तीन शीर्ष नेताहरूलाई पछाडि लगाएर सरकारको विरोध गर्दै आएका छन् ।
सरकार र पार्टी दुबैतिर काम गर्दै जाँदा समस्या हुन सक्छन् । ती समस्यालाई समाधान गर्नै नसकिने भन्ने हुँदैन । तर, ओलीलाई नै बिस्थापित गरेर सहमति खोज्न प्रयास गर्ने दाहालको कार्यशैली धेरैलाई मन नपरेको हुन सक्छ ।
दाहाल निकटका सचिवालय सदस्यहरूले प्रधानमन्त्री ओलीलाई सामूहिक रुपमा भेटेर सचिवालय बैठक बोलाउन अनुरोध गर्ने तयारी गरेका छन् । शुक्रबारको दाहाल समूहको भेलाले पनि ओलीसँग सम्वाद गर्ने निर्णय गरेको थियो ।
विगतमा दाहाल निकट मानिने रामबहादुर थापाले ओलीलाई साथ दिएका छन् । उनले पार्टी र सरकार दुबैलाई मिलाउनका लागि शुक्रबारको बैठकमा अनुपस्थित भएर उचित कदम उठाएको चर्चा हुन थालेको छ ।
नेपाल, खनाल र गौतमले दाहाललाई पार्टी अध्यक्षभन्दा पनि गुटको नेता मानेर कहिले खुमलटार, कहिले भैँसेपाटी, कहिले धुम्बाराही, कहिले पेरिशडाँडामा भेलाहरू गर्दै आएका छन् ।
दाहाल र ओलीले गल्ती गरेका छन् भने पनि नेपाल, खनाल र गौतमले दुबैलाई दवाव दिएर एकै ठाउँमा ल्याउनुपर्ने थियो । तर, उनीहरूले त्यस्तो कार्य गर्न सकिरहेका छैनन् ।
कार्यकर्ताहरूले नेपाल, खनाल र गौतमको भूमिकालाई लिएर चिन्ता व्यक्ति गर्दै आशंकाहरू गरेका छन् । नेपाल, खनाल र गौतमले चाहने हो भने नेकपाको विवाद समाधान गर्न ठूलो भूमिका गर्न सक्छन् । उनीहरूले व्यक्तिगत इगोलाई लिएर बालुवाटारलाई असहयोग गर्दै आएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #पूर्वएमालेका तीन शीर्ष नेता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्