अनेरास्ववियुमा सर्कुलर जारी गरेपछि विवाद

काठमाडौँ, १८ असोज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूमा विवाद देखिएको छ ।
अनेरास्व्वियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामागले आफूहरुसंग सल्लाह नै नगरि एकताको प्रक्रिया टुग्याउने गरी सर्कुलर जारी गरेपछि वरिष्ठ नेता माधवुकमार नेपाल समूह विद्यार्थी नेताले असन्तुष्टि व्यक्त गरेको छन् ।
अनेरास्वविुका नेता सुदेश पराजुली, आरती लामा र ओसिम आलमले आफ्नो समूह निकट जिल्ला नेतृत्वलाई हटाइएको विवाद समाधान नगरी एकता प्रक्रिया टुंग्याउन खोजेको भन्दै असन्तुष्टि राखेका हुन् ।
संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले असोज मसान्तभित्र जिल्ला, क्याम्पस र मातहत कमिटीको एकता प्रक्रियालाई पूर्णता दिन १५ असोजमा जारी गरेको सर्कूलरप्रति असन्तुष्टि राख्दै उनीहरुले ‘नोट अफ डिसेन्ट’ राख्ने तयारी गरेका छन् । आजै उनीहरुले नेकपाले तोकेको विद्यार्थी फाँट ईन्चार्ज हितमान शाक्य र सहईन्चार्ज विनोद ढकाललाई भेटेर नोट अफ डिसेन्ट राख्ने तयारी गरेका हुन् ।
तत्कालीन अनेरास्ववियुका सचिव पराजुलीले बारा, दाङ, महोत्तरी, गोर्खा, मनाङ, दार्चुला, कैलाली, हुम्ला, जुम्लालगायतका जिल्लाहरुमा निर्वाचित नेतृत्वलाई हटाएर संयोजक महरले एकलौटी जिल्ला संयोजक र सहसंयोजक तोकेको र अहिले उनीहरुकै नेतृत्वलाई वैधानिकता दिनेगरी एकता प्रक्रिया टुंग्याउन सर्कूलर जारी गरेकाले विद्यार्थी फाँट ईन्चार्ज र सहईन्चार्जमार्फत नोट अफ डिसेन्ट राख्न लागिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिए ।
‘पार्टीको तत्कालीन फ्याक्सन कमिटीले ती जिल्लाहरुमा निर्वाचित कमिटीबाटै वरिष्ठतालाई आधार मानेर जिल्ला संयोजक र सहसंयोजक तोक्ने मापदण्ड बनाएको थियो तर त्यो मापदण्डअनुसार टुंग्याउँदा महरजीले हाम्रो समूहसँग नजिक रहनु भएका साथीहरु नेतृत्वमा आउने देखेपछि मनोमानी तरिकाले कमिटीमै नभएका बाहिरका विद्यार्थीहरुलाई संयोजक र सहसंयोजक तोक्ने काम गर्नुभो’, असन्टुष्ट समूहका नेता पराजुलीले भने,‘तत्कालीन एमाले समूहभित्रकै विवाद समाधान गर्नुको सट्टा त्यही मनोमानी निर्णयलाई सदर हुनेगरी सर्कूलर जारी गरिएकाले विधिविपरितको एकमनावादी निरंकुश शैलीविरुद्ध हामीले नोट अफ डिसेन्ट लेख्न लागेका हौं ।’
उनले दुई समूह९तत्कालीन एमाले र माओवादी०निकट अखिलको पुरानो कमिटीबीच एकता भएका कारण निर्वाचित कमिटीका पदाधिकारी र सिनियरहरुलाई बाहिर राखेर गरिने जिल्ला कमिटीको एकतालाई पूर्णता दिने तयारी मान्य नहुने पनि बताए ।
महर र तामाङले गत १५ असोजमा एकता प्रक्रिया टुंग्याउन सर्कूलर जारी गरेका थिए । सर्कूलरमा जिल्ला, क्याम्पस, निर्वाचन क्षेत्र, स्कूल कमिटी र स्थानीय कमिटीको एकता प्रक्रिया टुंग्याउने विषयमा बुँदागत मादपदण्डहरु तोकिएका छन्।
अनेरास्ववियुमा एकता प्रक्रिया अझै टुग्गिएको छैन । एकता प्रक्रिया चाडो टुग्याउनका लागि सर्कुलर जारी गरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #अनेरास्ववियू
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्