Techie IT
शुक्रबार, चैत्र २८,२०८१

विद्यार्थी संगठन र शिक्षामन्त्रीबीच वार्ता ,आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र आन्दोलनरत साना विद्यार्थी संगठनबीच वार्ता भएको छ ।

मन्त्री निवास हरिहरभवन ललितपुरमा भएको वार्तामा शिक्षामन्त्री पोखरेलले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको  अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले  जानकारी दिए  ।

मन्त्री पोखरेलले यही असार २० देखि २२ गतेसम्म विद्यार्थी संगठनले घोषणा गरेको शैक्षिक आमहड्ताल फिर्ता लिन आग्रह गरे ।

छलफलमा उहाँले विद्यार्थी संगठनले शैक्षिक विकृति र चर्को शैक्षिक शुल्कको विषयमा उठाएका माग सकारात्मक भएकाले माग सम्बोधन गर्न आफू लाग्ने समेत बताए  ।

मन्त्री पोखरेलसँगको छलफलमा नेत्रविक्रम चन्द ‘विप्लब’ निकट अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष विवेक राई, मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पेशल दाहालको सहभागिता रहेको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545