Techie IT
शनिबार, वैशाख ६,२०८२

झण्डै डेढ महिनापछि स्थगित नेकपाको स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय


काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । अहिले विहान ११ बजे प्रधानमन्त्री निजासवालुवाटरमा बैठक बस्न थालेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यस अघि पटक पटक स्थगित हुँदै आएका बैठक करिव डेढ महिनापछि बस्न थालेको हो ।

गत असार १० गतेबाट शुरु भएको बैठक साउन १८ गते स्थगित भएको थियो । पार्टी विवाद समाधान गर्नका लागि पटक पटक बैठक स्थगित हुँदै आएको थियो ।

आजको बैठकमा महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ । दुवै अध्यक्षले पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि कार्यदल बनाएका थिए ।

उक्त कार्यदलले दुवै अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएपछि बैठकको आवहन गरिएको हो । प्रतिवेदनले प्रधानमन्त्री ओलीलाई यस प्रतिनिधी सभाको कार्यकाल भरि प्रधानमन्त्री र अर्का अध्यक्ष दाहाललाई कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारी तोक्ने उल्लेख छ ।

यहि विन्दुमा दुवै अध्यक्ष प्रतिवेदनमाथि सहमत हुदै पुनः सोही प्रतिवेदनलाई मुर्त रुप दिएपछि बैठक बस्न थालेको हो ।

अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त साझा प्रस्ताव स्थायी कमिटीका सदस्यहरूलाई समेत पठाइसकिएको छ ।

अध्यक्षद्वयले त्यसलाई अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा बैठकमा प्रस्तुत गर्ने जानकारी महासचिव पौडेलले दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्ने लगायत विषयमा साझा प्रस्ताव तयार पारेका छन्।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545