शाही युवा शक्तिद्धारा बर्तमान कार्यसमिति भङ्ग, नयाँ कार्यसमिति बनाउन पहल

काठमाडौ । शाही युवा शक्ती नेपाललले बर्तमान कार्यसमिति भङ्ग गरेको गरेको छ । मंगलबार एक बिज्ञप्ती मार्फत बर्तमान कार्यसमिति भङ्ग गरिएको जनाइएको छ । हालको कार्यसमितिमा केही निष्कृय रहेको र अव नयाँ कार्यसमिति मार्फत सक्रिय बनाउन उदेश्यका साथ भङ्ग गरिएको निर्बतमान अध्यक्ष पशुपति खड्काले बताए ।
बर्तमान राजनैतिक परिबेश बाट देश र जनताको राजसंस्थाप्रति आस्था बढ्दै गएको छ , त्यसैले नयाँ युवाहरुको सहभागीतामा भदौ सम्ममा नयाँ तदर्थ कार्य समिति बनाउने निबर्तमान अध्यक्ष खड्काले बताए ।
बर्ष भित्र देशभरीका जिल्लाहरुमा अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति मार्फत राजसंस्थाको पक्षमा निरन्तर संघर्ष गर्ने खड्काले बताए ।
युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताको भावना विपरित केही सिमित नेताहरूको स्वार्थको कारण राजा र हिन्दु राष्ट्रको महिमामाथि आँच लाग्ने काम गरेको आरोप लगाए । उनले भने,‘हामीलाई थोरै छन् भनेर कसैले नसोच्नुहोस्, यदि राजसंस्था र हिन्दु राज्य नेपालमा पुनःस्थापना गरिदैन र हरेक क्रियाकलापमा राजालाई भाग लिनबाट बञ्चित गरिन्छ भने ‘अब हामी शसक्त आन्दोलन गर्छौँ ।’ आफ्नो संघ संघीय गणतान्त्रिक संविधान जारी भएयता विदेशीको भरमा लादिएको उक्त संविधानको खारेजीको लागि निरन्तर संघर्षमा होमिएको छ ।
अध्यक्ष खड्काले भने,‘हामी निरन्तर खबरदारी गरिरहेका छौं, जनतालाई ढाँट्नको लागि र झुक्याउनको लागि विदेशीको ईशारामा संविधान ल्याईएको हो, आज देशको यो हालत भएको छ, राजाविना यो मुलुकमा शान्ति, अमन–चयन र विकास हुनै सक्दैन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #शाही युवा शक्ति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्