Techie IT
बुधबार, माघ २३,२०८१

पारिवारिक भेटमा ओली र गौतमबीच यस्तो सहमति


काठमाडौँ, १३ साउन  ः प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पार्टीका उपाध्यक्ष वामदेव गौतमबीच आज साँझ भैसेपार्टीमा पारिवारिक भेटघाट भएको छ ।

गौतमसंग चिढिएका ओली पत्नी सहित पहिलो पटक भैसेपाटी पुगका हुन् । भेटमा समसामयिक राजनीतिक बिषयबार छलफल भएको थियो ।
भेट नितान्त पारिवारिक भएपनि राजनीतिक बिषयमा पनि छलफल भएको भैसेपाटी स्रोतले जानकारी दियो । भेटमा पार्टीलाई अझ एकतावद्ध बनाउने बिषयमा छलफल भएको थियो ।

यस्तै दुई नेताबीच भेटघाटमा पार्टी महासचिव बिष्णुप्रसाद पौडेल पनि सहभागि भएका थिए । गौतमको घरदेखि दुई सय मिटर टाढा रहेका पौडेल एक्कासी प्रधानमन्त्री गौतमलाई भेट्न आउने खवर पाएपछि गौतम निवास पुगेका थिए ।

आज उपाध्क्ष गौतमले ओली यस प्रतिनिधी सभाको कार्यकालसम्म प्रधानमन्त्रीबाट हटाउन नहुने, पार्टी एकता महाधिवेशनबाट मात्र नेतृत्व चयन हुने, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने ६ बुँदे प्रस्ताव गरेका थिए । पहिले प्रचण्डतिर लागेका गौतम अहिले पार्टी एकता कुनै पनि हालतमा बीचमा टुटन हुन्न भन्दै ओलीतिर लागेका छन् ।

भेटमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, गौतम पत्नी तथा सांसद तुलसा थापा, गौतमका छोरा हरिश गौतम लगायत अन्य पारिवारका सदस्यको सहभागिता रहेको थियो ।
ओली साँझ ८ बजे गौतम निवास पुगेका थिए । उनीहरुबीच करिव डेढ घण्टा छलफल भएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
ट्याग : #उपाध्यक्ष वामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:46 am5:48 pm +0545