Techie IT
शनिबार, वैशाख ६,२०८२

‘मदन भण्डारीः जीवन र व्यक्तित्व’ कृति प्रधानमन्त्रीलाई हस्तान्तरण


काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मदन भण्डारी ः जीवन र व्यक्तित्व’ सम्बन्धि कृति हस्तान्तरण गरिएको छ ।

६९ औं मदन जयन्तीका अवसरमा उक्त कृति शोधकर्ता सुवर्णा ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही विचारले मार्गदर्शन र नेतृत्व गर्न मदन भण्डारीका रचनाहरू अध्ययन गर्नु र आफ्नो ज्ञानको क्षितिज उघार्नु अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले जनताको वहुदलिय जनवाद (जबज)का प्रणेता भण्डारीको योगदानहरूबाट प्रेरित भएर अघि बढ्न सबै देशभक्त, लोकतान्त्रिक र न्यायप्रेमी जनसमुदायहरू अझ एकताबद्ध बन्ने प्रण गरेर अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।

ओलीले स्नातकोत्तर तहमा उक्त बिषयमा शोध गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले “मदन भण्डारीका संकलित रचनाहरू, भाग १ देखि ७, छानिएका रचनाहरू(८), सेलेक्टेड वक्र्स (९) र जीवनी र व्यक्तित्व (१०)’’ समेत दुर्लभ रचनाहरु संकलन गरेर सोध गर्नु भएको थियो । सोधमा आधारित रहेर सोधकर्ता ओलीले कृति प्रकाशन गर्नु भएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मदन भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545