Techie IT
शनिबार, वैशाख ६,२०८२

बर्दिया जनमोर्चा नेता जिसीको निधन, पार्टीलाई अपुरणिय क्षति ः मोहनविक्रम


बर्दिया । राष्ट्रिय जनमोर्चा बर्दियाका नेता तथा समाजसेवी धनबहादुर जिसीको निधन भएको छ । हिजो नेपालगंज मेडिकल कलेज नेपालगंजमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

उहाँ बारबर्दिया नगर समितिका अध्यक्ष रहनु भएका थियो । उहाँको निधनले पार्टी र स्थानीय तहमा अपुरणिय क्षति पुगेको छ । जिसी दम र सुगरका विरामी रहनु भएको थियो ।

उहाँको शनिबार बिहान स्थानीय भादा नदीमा अन्त्येष्टि गरिएको छ । नेता जिसीको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव हरि आचार्यले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्यूठानको बाङ्गे मरोठ २ मा २०२२ सालमा जन्मिनु भएका जिसी २०५५ सालतिर बर्दियाको बैदिमा बसाई सराई सर्नु भएको थियो ।

त्यस क्रममा बोल्दै नेता आचार्यले जिसीको निधनले पार्टी र समाजलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले जिसीको निधन पहाड जस्तै गह्रुँगो भएको भन्दै जिसीले देखाएको बाटोमा दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो ।

समाजसेवी नेता जिसी स्थानीयस्तरमा लोकप्रिय हुनुहुन्थ्यो । प्यूठानबाट बसाई सरेर आएपछि उहाँले व्यापार व्यवसाय संचालन गर्दै आउनु भएको थियो ।
स्थानीय घाटमा गरिएको अन्त्येष्टिका क्रममा ठुलो संख्यामा उपस्थित जनसागरबाट उहाँको लोकप्रियता झल्किरहेको थियो । विभिन्न राजनीतिक दलका नेताहरु, उद्योगी, व्यापारी, नगरपालिकाका मेयर, उपमेयरलगायत सर्वसाधारणले नेता जिसीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

विस २०५० सालदेखि प्युठानबाट नेपाल कम्युनिष्ट पार्टी (मसाल)मा आवद्ध रहेका जिसी बारबर्दिया नगरपालिका वडा नं १० जैदीस्थित स्थानीय पार्टी कमिटिको सेक्रेटरीसमेत रहनुभएको थियो ।

पार्टीलाई अपुरणिय क्षति

यसैबीच नेकपा (मसाल)ले जिसीको निधनप्रति दुःख व्यक्त गरेका छ । पाटीैका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति निकाल्दै उहाँको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको बताउनु भएको छ ।

‘‘ पञ्चायत कालदेखि नै हाम्रो पार्टीमा सङ्गठित भई सक्रिय हुनुभएका जिसी हाल पार्टीको नगर समिति सेक्रेटरी हुनुहुन्थ्यो,’’ विज्ञप्तिमा भनिएको छ , ‘‘उहाँ इमान्दार, असल, अनुशासित एवम् सक्रिय पार्टी सदस्य हुनुहुन्थ्यो । ’’

पार्टीले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारजनप्रति हार्दिक समवेदन प्रकट गरेको छ । जिसीको पार्टीको नाम कपिल रहेको थियो ।उहाँले प्रबासी नेपाली मन्चमा रहेर समेत काम गर्नु भएको थियो ।

उहाँ छोटो समयमा नै उक्त क्षेत्रमा लोकप्रियता हासिल गर्नु भएको थियो । कम्युनिष्ट भएपनि उहाँ सवै पार्टीका नेतासंग राम्रो सम्बन्ध रहेको थियो । उहाँका दुई छोरा, एक छोरी र श्रीमति हुनुहुन्छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #धनबहादुर जिसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545