Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभा खाँदबारी ६ की गंगा कार्कीको निधनसँगै नदेखिएको अर्को कथा


संखुवासभा –

कोरोना कहर । लकडाउनको सन्नटा । कोहि ढोका खोलेर बाहिर ननिस्किएको अवस्था ।

खाँदबारीकी गंगा कार्किले विराटनगरको नोवल अस्पतालमा मृत बच्चा जन्माइन्। सुत्केरी कार्किको पुरा उपचार नहुदै पैसा तिर्न नसक्ने भएपछि घर फर्काइयो । केहि दिन पछि श्वासप्रश्वासमा समस्या आएपछि खादबारी अस्पतालबाट काठमाडौ रिफर गरियो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको पहलमा हेलिकप्टरबाट हवाइ उद्दार गरि प्रसुति गृह पुर्याइयो । दुइ दिनपछि उनको निधन भयो । कोरोना संक्रमण भएको छ कि भनेर पिसिआर परिक्षण पछि मात्र अस्पतालले शव दिने भयो । पिसिआरको रिजल्ट आउन तीन दिन लाग्ने बताइयो  । उनीसग हेलिकप्टरमा आएका उनकी सासु र काकाको विजोग भयो। के गर्ने कसो गर्ने विलखबन्दमा परेका कार्कीका आफन्तले लामो सास त्यति वेला फेरे जव संखुवासभाका पूर्वराज्यमन्त्री दिपक खड्का सहयोगका लागि त्यहा पुगे ।

उनले पिसिआर रिपोर्टका लागि ताकेता गरेपछि त्यही राति रिपोर्ट आयो । उनीहरुको अवस्थाबारे सम्पूर्ण संखुवासभावासी शोकाकुल बन्न पुगेको थियो। लकडाउनका बेला पनि अन्त्येष्ठीमा धेरै जना आइपुग्नु भएको थियो ।

मनबाटै सहयोग गर्ने प्रतिवद्दता गरिरहेका थिए। सांसद राजेन्द्र गौतमले शोकाकुल परिवारलाइ भेटेर समवेदना दिनु भएको थियो । आफन्तलाइ घरसम्म पुर्याउन साथिभाइहरुसग रकम उठाएर पठाउने योजना समेत बनाउनु भएको थियो। तर पूर्वराज्यमन्त्री दिपक खड्काले अस्पतालबाट पशुपति आर्यघाटसम्म शव वाहन र खाँदबारीसम्मका लागि स्कर्पियो गाडि र पासको जिम्मा लिनुभएपछि सबै कुरा सहज ढंगबाट अगाढी बढ्यो ।

तस्बिर: सुजन बज्राचार्य/ संखुवासभा

 दिपेन्द्र बान्तवा, सेवक पोखरेल, हेमन्त गौतम, टिकाराम गुरुगं, कमल काफ्ले, श्री गुरुगं, प्रमोद गौली, अनन्त कार्की, भरत खत्री, सञ्जय सुब्बा, श्याम शेर्पा लगायतका नेता कार्यकर्ता, अभियन्ताहरुले स्वस्फुर्त रुपमा उपस्थित भएर एक अपपत्र र निसहाय संखुवासभालीको सहयोग गरेका थिए। परबाट यी सब दृश्य हेरिरहदा मलाई, संखुवासभालीहरु सामाजिक काममा आआफ्नो स्थानबाट एकजुट भएर लागेको देखेर खुसि लाग्यो।

र अन्त्यमा दिपक खड्कालाइ सोधे- तपाई मात्र दिलोज्यान दिएर सहयोगमा जुट्नु भएको छ, यिनिहरु कुन पार्टीका रहेछन् ?  खड्काको जवाफ थियो, – ल्या ! सोध्नै पो भ्याइन ।


क्याटेगोरी : जीवनशैली, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545