Techie IT
बुधबार, माघ २३,२०८१

खाँदबारी क्वारेन्टाइनका लागि अरुणबरुण सहकारीको खाद्यान्न सहयोग


संखुवासभामा अरुणबरुण सहकारी संस्था लिमिटेडले खाँदबारी नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा बसेकाहरुलाई लक्षित गरेर खाद्यान्न सहयोग गरेको छ

बिहीबार एक कार्यक्रम बिच खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडालाई सहकारीका अध्यक्ष ईश्वरकाजी कटुवालले सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग सामग्री बुझ्र्दै मेयर खतिवडाले अरुणबरुण सहकारी परिवारलाई धन्यवाद दिनुभयो ।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न तथा नियन्त्रण गर्नका लागि खाँदबारी नगरपालिकाले बरुण बहुमुखी क्याम्पसमा ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । उक्त क्वारेन्टाइनमा जिल्ला बाहिरका विभिन्न ठाउँहरुबाट आफ्नो गाउँघर फर्र्किएकाहरुलाई क्वारेन्टाइन निर्माण गरेर राख्ने गरेको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको निगरानीमा १५ दिन सम्म क्वारेन्टाइनमा राखेर राम्रोसंग स्वास्थ्य चेकजाँच पछि मात्रै घर जान दिने गरेको खाँदबारी नगरपालिकाले जनाएको छ ।

खाँदबारी नगरपालिकाले निर्माण गरेको उक्त क्वारेन्टाइनमा हाल ५ महिला र २२ पुरुष गरि २७ जना राखिएको छ । १० वटा स्थानीय तह रहेको संखुवासभा जिल्लामा १ सय ८२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अरुण बरुण सहकारी खाँदबारी, #कोभिड १९, #खाँदबारी नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:46 am5:48 pm +0545