Techie IT
बुधबार, माघ २,२०८१

नयाँ नक्सा सार्वजनिक गर्ने प्रस्ताव मेरो ः उपाध्यक्ष गौतम


 
काठमाडौँ, ७ जेठ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले छुटेका नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा आफूले राखेको बताएका छन् ।
आज विज्ञप्तिमार्फत उनले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको बताउनु भएको हो ।
उहाँले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेकोप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी रहेको समेत बताउनु भएको छ ।
नेता गौतमले वर्तमान सरकारका अनेकन कार्य आलोचना योग्य हुँदाहुँदै पनि भारतद्धारा अतिक्रमण गरिएको जग्गा सहितको नयाँ नक्सा सार्वजनिक गने काम भने स्वागतयोग्य रहेको बताउनु भएको छ ।
सोमबार सरकारले भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकको समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।
“ सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ, उहाँले भन्नु भएको छ, “अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।”
उहाँले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने समेत बताउनु भएको छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #वामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
10°
Partly Cloudy
6:54 am5:31 pm +0545